Deneme Bonusu Veren Siteler
आइतबार, माघ ०६, २०८१
Sunday, January 19, 2025

काठमाडौँ – हामी दिनहुँ दाँत माझ्छौँ । जिब्रोको सफाइमा भने उति ध्यान पुर्याइरहेका हुँदैनौँ । जिब्रोमा जम्मा हुने सेतो पत्रले सास गनाउने समस्या उत्पन्न गराउँछ । साथै, स्वाद थाहा पाउन, शुद्धसँग उच्चारण गर्नसमेत यसको सफाइमा ध्यान पुर्याउनुपर्छ ।

जिब्रो लाइ सफा राख्न अपनाउनुस् यी तरिका

१.टङ क्लिनर

बजारमा धातु र प्लास्टिकको टङ क्लिनर पाइन्छ । ब्रस गरिसकेपछि टङ क्लिनरले बिस्तारै जिब्रो सफा गर्नुपर्छ ।

२.नुन

जिब्रोमा जमेको सेतो पत्र र ब्याक्टेरिया हटाउन नुन ज्यादै उपयोगी हुन्छ । किनकि, नुनमा एन्टिसेप्टिक गुण हुन्छ । जिब्रोमा अलिकति नुन छरेर टुथब्रसले केही बेर रगड्ने । सातामा दुई पटक यसो गरे जिब्रो ब्याक्टेरियारहित हुन्छ ।

३.नुनपानी

मनतातो पानीमा नुन हालेर सातामा दुई पटक कुल्ला र गार्गल गर्नाले जिब्रो सफा हुनुको साथै यसमा जम्मा भएका ब्याक्टेरिया पनि हटेर जान्छन् ।

४.दही

खानासँग दही खाँदा क्यान्डिडा फंगसका कारण जिब्रोमा जमेको सेतो पत्र हट्छ र जिब्रोसँगै श्वास पनि शुद्ध हुन्छ ।

५.नरिवलको तेल

बिहान ब्रस गर्नुअघि नरिवलको तेल मुखमा हालेर केही समयसम्म कुल्ला गर्नुपर्छ । त्यसपछि मनतातो पानीले कुल्ला गर्नुपर्छ । हरेक दिन बिहान गरियो भने जिब्रो सफा हुन्छ र श्वास गनाउने समस्या पनि हटेर जान्छ ।

६.घ्यूकुमारीको जुस

घ्यूकुमारीको जुसमा जिब्रो र मुखमा रहेका ब्याक्टेरिया हटाउने गुण हुन्छ । एक चम्चा एलोबेरा जुस मुखमा केही बेर राख्ने । कुल्ला गरी यसलाई थुकिदिने । अथवा एक चम्चा एलोबेरा जुस पिउने गर्नुपर्छ ।

७.बेसार

बेसारमा पनि ब्याक्टेरियानाशक तत्व हुन्छ । त्यसैले जिब्रो सफा गर्न यसको प्रयोग गर्न सकिन्छ । आधा चम्चा बेसारमा कागतीको रस मिलाएर पेस्ट तयार पार्ने । यो पेस्ट केही बेर जिब्रोमा रगडेपछि कुल्ला गर्ने । साथै, आधा चम्चा बेसारलाई पानीमा घोलेर गार्गल गर्नाले पनि जिब्रो सफा हुन्छ ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया