Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन १८, २०८१
Friday, October 4, 2024

काठमाडौँ – आफ्नो शरीर आफैले जाँच्नुहोस्

-छाला र नङको गुलावीपन हराउनुले एनेमिया वा रक्तअल्पता भएको जनाउँछ ।

-नङको जरामा कुनै कोठी छ या खैरो/कालो धर्काहरु छन् भने छालाको क्यान्सर हुने सम्भावना रहने देखिएको छ ।

-नङमा लामो लामो धर्काहरु (विभिन्न रंगका) भएमा एक पटक मृगौला, पिसाबको जाँच गर्नु उत्तम देखिन्छ ।

-काखी, गर्धन, घाँटी, काँधमा अली खस्रो र छाला भन्दा अलि गाढा रङको धब्बा देखेमा तुरून्त सुगर जाँच गराइहाल्नुहोस् ।

-आँखाका परेला, घुँडा, कुहिनाका छालामा स–साना छाला भन्दा अलि हल्का रङका पोका वा सानो सुन्निएका जस्ता दाग वा डाबर वा चिप्लो जस्तो देखिने र डाबरहरु देख्नुभयो भने तुरून्त लिपिड प्रोफाइल तथा मुटुको र रक्तचापको जाँच गराइहाल्नुहोस् । प्रायजसो कोलेस्ट्रोल वा टि.जी. बढ्दा यस्तो हुनसक्छ ।

-अनावश्यक तौल बढिरहेको छ, आलस्य लाग्दछ साथै कपाल र साइडका आँखी भौं झर्ने प्रक्रिया बढ्दै छ भने थाइराइड चेक गर्नु उत्तम हुन्छ ।

-आँखा वा छालामा पहेंलोपन बढ्दै गएमा तुरून्त लिभरको जाँच गराइहाल्नुपर्दछ ।

-पिसाबको रंगमा परिवर्तन (फिंज भएको, रातो वा खैरो आदि) भएको भए मृगौला, कलेजो आदिको रोग हुनसक्दछ, तुरुन्त चिकित्सकलाई देखाउनुहोस् ।

-अत्याधिक थकान, अल्छिपन छ भने भिटामिन डि तथा थाइराइड मा गडबडी हुनसक्ने हुनाले यिनको जाँच गर्नु पर्दछ ।

-हात वा खुट्टाको बुढीऔंला दुखेमा, सुन्निएमा वा टन्किने गरि दुखेमा युरिक एसिड बढेको हुन सक्छ ।

-गर्धन र हात वा कम्मर र खुट्टा दुखेमा, झन्झनाउने वा पोल्ने भएमा नशा च्यापिएको हुन सक्दछ ।

 

तपाईको प्रतिक्रिया