Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १९, २०८१
Saturday, October 5, 2024

काठमाडौं – नेपाली प्रयोकर्ताका लागि ग्यालेक्सी नोट १० र १० प्लसको प्रि-बुकिङ खुलेको छ ।  दुवै सेटको प्रि-बुकिङ साउन २७ देखि खुलेको छ भने उपभोक्ताले भदौ ६ गतेसम्म बुकिङ गर्नसक्ने छन् । नोट १० दुई रंगमा र टेन प्लस तीन रंगमा उपलब्ध छ ।

प्रि-बुकिङ गर्ने ग्राहकले निःशुल्क रुपमा ग्यालेक्सी बड्स वा १२ हजार रुपैयाँमा ग्यालेक्सी एक्टिभ वाच प्राप्त गर्न सक्नेछन् । यस्तै, विकल्पमा सोही मूल्यमा २४ इन्चको कभ्र्ड मोनिटर प्राप्तगर्न सक्नेछन् । नेपाली बजारमा ग्यालेक्सी १० को मूल्य १ लाख १६ हजार र ग्यालेक्सीनोट १० प्लसको मूल्य १ लाख ३५ हजार तोकिएको छ ।

प्रि-बुकिङ गर्नेहरुका लागि सामसुङले टर्किस एयरलाइन्सको टिकट खरिदमा १५ प्रतिशतसम्म छुट तथा केजीएच ग्रुपका होटलका रुममा  ५ हजार रुपैयाँसम्मको छुट दिने भएको छ । यस्तै, बयोधा हस्पिटलमा १५ प्रतिशतसम्मको छुट, लेट मिइनको सेवामा २० प्रतिशतसम्मको छुट तथा एस ट्राभल्समा १० प्रतिशतसम्मको छुट सुविधा उल्लेख छ ।

तपाईको प्रतिक्रिया