Deneme Bonusu Veren Siteler
आइतबार, माघ ०६, २०८१
Sunday, January 19, 2025

काठमाडौँ – हिन्दु धर्ममा मृत्युपछि गरुड पुराण सुन्ने परम्परा छ । यस पुराणमा भगवान् विष्णुले आफ्नो वाहन गरुडलाई मृत्युसँग सम्बन्धित अनेकौं गोप्य कुरा बताउनुभएको छ । मृत्युपछि जीवात्मा कसरी यमलोकतिर जान्छ भन्ने कुराको विस्तृत वर्णन गरुड पुराणमा गरिएको छ । पढ्नुहोस्, गरुड पुराणका केही रोचक तथ्य :

गरुड पुराणका अनुसार मर्न लागेको मान्छे बोल्न खोज्छ तर सक्दैन । अन्तमा उसका सबै इन्द्रियहरू नष्ट हुन्छन् र ऊ जड अवस्थामा पुग्छ । त्यसपछि उसको मुखबाट फिँज निस्कन थाल्छ र र्याल चुहिन थाल्छ ।

त्यतिखेर दुई यमदूत आउँछन् । उनीहरूको अनुहार एकदम डरलाग्दो हुन्छ र नङ लामालामा । आँखा ठूलाठूला भएका यी दूतको हातमा लट्ठी हुन्छ । यमदूतहरूलाई देखेर प्राणी डरले दिसापिसाब गर्न थाल्छन् । त्यस समयमा शरीरबाट बुढी औंलो जत्रो जीव हा हा शब्द निकाल्दै बाहिर निस्कन्छ अनि त्यस जीवलाई यमदूतहरूले समात्छन् ।

यमदूतले त्यो सूक्ष्म शरीरलाई समातेर यमलोक पु-याउँछन् । पापी जीवात्मालाई अपराधीलाई जस्तो घोक्र्याएर लगिन्छ अनि बाटोभरि त्यसले नरकमा पाउने दुःखको वर्णन गर्छन् । यमदूतहरूको यस्तो भयानक कुरा सुनेर पापात्मा रुन थाल्छ तर उनीहरू त्यसमाथि दया देखाउँदैनन् ।

त्यसपछि त्यो बुढी औंलो बराबरको शरीर डरले काँप्दै र कुकुरले टोकिँदै आफ्ना पापहरूको सम्झना गर्दै हिँड्छ । आगो जस्तो तातो हावा र तातो बालुवामा बल्लतल्ल त्यो हिँड्छ र भोकप्यासले तड्पिन्छ । यमदूतहरू त्यसलाई ढाडमा कोर्रा हान्दै लान्छन् । त्यो बाटोमा घरिघरि लड्दै बेहोश हुन्छ । यमदूतले त्यसलाई अँध्यारो बाटोबाट समेत यमलोक पु-याउँछन् ।

गरुड पुराणका अनुसार यमलोक यहाँबाट लाखौं किलोमिटर टाढा छ । धेरै यमदूतहरूले चुट्दै पिट्दै त्यहाँ पु-याएपछि पाप अनुसारको सजाय दिन्छन् । सजाय पूरा भएपछि जीवात्मा घुमेर बस्छ ।

पछि त्यो जीवात्माले शरीरमा पुनः प्रवेश गर्ने इच्छा राख्छ तर यमबन्धबाट मुक्ति पाउँदैन । असाध्यै पापी जीव छ भने छोरानातिले दिएको पिण्ड पनि त्यसले पाउँदैन र भोकप्यासले सताइएर तड्पिबस्छ ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया