Deneme Bonusu Veren Siteler
शनिबार, माघ ०५, २०८१
Saturday, January 18, 2025

काठमाडौं – महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल परिसरमा सोमबार साँझ आगलागी भएको छ । अस्पतालको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा आगलागी भएको छ।  सेन्टरको पाँचौँ तल्लामा हेको अस्पताल प्रमुख तथा विभागीय प्रमुखहरुको कोठामा बेलुका साढे ७ बजेतिर एक्कासि आगलागी भएको हो ।

आगलागी नियन्त्रणमा आइसकेको छ।  पाँचौं तल्लामा लागेको आगोले अस्पतालको मेट्रोनको कार्यकक्ष र अन्य केही विभागहरुको कक्षमा क्षति पुगेको महानगरीय प्रहरी वृत्त महारागञ्जका डिएसपी फणिन्द्र प्रसाईंले जानकारी दिए। आगलागीका बावजुत विरामी, चिकित्सक र स्वास्थ्यकर्मी सुरक्षित रहेका प्रहरीले जनाएको छ।

आगो नेपाली सेना, प्रहरी तथा वारूण यन्त्र परिचालन गरी नियन्त्रणमा लिइएको छ ।  डिएसपी प्रसाईंका अनुसार आगो नियन्त्रणका लागि जुद्ध वारुण यन्त्र, नेपाल प्रहरी र नेपाली सेनाका दमकल शिक्षण अस्पतालमा पुगेका थिए।  विद्युत् चुहावट हुँदा आगलागी भएको अनुमान प्रहरीले गरेको छ । आगलागीबाट कोठाभित्र रहेका कागजात जलेर नष्ट भएका छन्।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया