Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन १८, २०८१
Friday, October 4, 2024

काठमाडाैं – सुदूरपश्चिम प्रदेशमा आमाले शिशुलाई स्तनपान नगराउने गरेको पाइएको छ। शिशुलाई ६ महिनासम्म स्तनपान गराउने आमाको संख्या घट्न थालेकाे चिकित्सकको भनाइ छ । कतिपय महिला सुत्केरी भएपछि आफ्नो बच्चालाई स्तनपान नगराउने गरेको पाइन्छ । तर, बच्चा जन्मेको ६ महिनासम्म आमाको दूधबाहेक अन्य कुनै पनि पेय पदार्थ पिलाउन नहुने स्वास्थ्यकर्मीले भनाइ छ ।

आमाको दूधको आवश्यकता पर्ने शिशुलाई आमा घरायसी काममा तथा रोजगारीका लागि कार्यालयमा गएपछि घरपरिवारले गाई, भैँसी वा बट्टाको दूध खुवाउने गरिएकाे छ। गाई, भैंसी र बट्टाको दूध शिशुको स्वास्थ्यका हिसाबले ठीक नभएको पोषण पुनर्स्थापना केन्द्र डडेल्धुराकी संयोजक कल्पना भट्टले बताइन् । उनले भनिन, ‘आमाले बच्चालाई राम्रोसँग स्तनपान गरायो भने मात्र कुपोषणलाई केही हदसम्म नियन्त्रण गर्न सकिन्छ।’

सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयका अनुसार सुदूरपश्चिम प्रदेशमा पूर्ण रुपमा ६ महिनासम्म स्तनपान गराउने पाँच दशमलव दुई प्रतिशत आमा  छन् । देशभरिका ग्रामीण क्षेत्रमा पूर्ण स्तनपान गराउने आमा चार दशमलव पाँच प्रतिशत र सहरी क्षेत्रमा पूर्ण स्तनपान गराउने आमाको संख्या तीन दशमलव ९ प्रतिशत छ ।

तीन महिनासम्म स्तनपान गराउने ७२ दशमलव २, पाँच महिनासम्म स्तनपान गराउने ४० दशमलव ९ प्रतिशत  छन्। सर्भेक्षणअनुसार सन् २०११ मा ५३ प्रतिशत र सन् २०१६ मा ६६ प्रतिशत आमाले मात्रै पूर्ण रुपमा स्तनपान गराएको पाइएको छ । त्यसपछिका वर्षमा पूर्णरुपमा स्तनपान गराउने आमाको संख्या घट्दै जान थालेको छ ।

सामान्यतया ६ महिनापछि मात्रै अन्नप्राशन गराउने परम्परागत चलन भए पनि हाल तीनदेखि चार महिनाभित्रै पनि भातको माड र अन्य खानेकुरा खुवाउने चलनसमेत बढ्न थालेको भट्टले बताइन् । ‘शिशुलाई प्रतिदुई घण्टामा स्तनपान गराउनुपर्ने भए पनि त्यो हुन सकेको छैन,’ पोषण पुनर्स्थापना केन्द्रकी संयोजक भट्टले भनिन्, ‘जसका कारण शिशुको वृद्धि विकासमा अवरोध आउनुका साथ पोषणको कमीले शिशु रोगी हुने क्रम बढ्दो छ ।’

६ महिनासम्म आमाको दूध नै शिशुलाई पर्याप्त हुने भए पनि बट्टाको दूध खुवाउने कार्यले शिशुमा झाडापखाला लाग्ने र त्यसका कारण तौल घटने र शिशु कमजोर हुने हुँदा आमाको दूध नै उत्तम भएको उनको सुझाव छ ।

तपाईको प्रतिक्रिया