आइतबार, बैशाख १६, २०८१
Sunday, April 28, 2024

काठमाडौँ – बलिउड अभिनेत्री अमिषा पटेल पनि ठगी मुद्दामा परेकी छिन् । उनलाई फिल्म ‘फ्यामिली अफ ठाकुर गन्ज’ फिल्मका प्रोड्युसर अजय कुमार सिंहले आफूलाई ठगेको आरोप लगाएका हुन् ।

अजयका अनुसार अमिषाले साढे दुई करोड रुपैयाँ लिएकी थिइन्, फिर्ता गर्ने सर्तमा । तर, एक वर्षदेखि उनले यो पैसा फिर्ता गर्न नै नचाहेको अजयले आरोप लगाएका छन् । उनले यही कारणले अदालतमा मुद्दा दायर गरेका छन् ।

भारतीय मिडियाका अनुसार अजयले अमिषाले दिएको चेक बाउन्स भएको आरोप पनि लगाएका छन् । त्यसैले अब अमिषा अदालतमा उपस्थित हुनु पर्ने भएको छ । अजयले त अमिषाको गिरफ्तारी गरिनु पर्ने माग राखेका थिए ।

तपाईको प्रतिक्रिया