आइतबार, बैशाख १६, २०८१
Sunday, April 28, 2024

काठमाडौँ – किम कार्दसियन वेस्ट अमेरिकाकी चर्चित संचारकर्मी, व्यापारी, मोडल तथा कलाकार हुन्। केही समय अगाडि ३८ वर्षीया कार्दसियनले आफ्नै ब्रान्डको नयाँ सेपवेयर जापानमा सार्वजनिक गरेकी थिइन्।

उनले सेपवेयरको नाम ‘किमोनो इन्टिमेट’ राखेकी थिइन्। गतहप्ताको मंगलबार उनको ब्रान्डका सेपवेयरहरु जापानमा सार्वजनिक भएपछि त्यसले त्यहाँ विवाद निम्ताएको थियो।

आफ्ना ब्रान्डको सेपवेयरले महिलाहरुको शरीरको आकार राम्रो देखाउन मदत गर्ने कार्दसियनको भनाइ थियो। तर जापानका सामाजिक संजालमा कार्दसियन ब्रान्डका सेपवेयरलाई अन्डरवेयर भनेर चित्रित गर्न थालियो। कार्दसियनले जापानमा लन्च भएको सेपवेयर अन्डरवेयर नभएको प्रतिक्रिया समेत दिएकी थिइन्।

तर मानिसहरुले उक्त पोशाकले जापानी परम्परागत पोशाकको धज्जी उडाएको अभिव्यक्तिहरु सार्वजनिक गरे। आक्रोश पोखे। ‘किमोनो पोशाक’को जापानमा परम्परागत र सांस्कृतिक महत्व छ। लामो कपडा जापानको संस्कार झल्काउने कपडालाई किमोनो भनिन्छ। कार्दसियनले अन्डरवेयरलाई किमोनो भनेपछि जापानी नागरिक रुष्ट भएका हुन्।

कार्दसियनले भने सेपवेयरलाई अन्डरवेयर भन्न नहुने बताएकी छिन्। अहिले कार्दसियनले इन्स्टाग्राममार्फत आफूले आफ्नो सेपवेयरको नाम परिवर्तन गर्ने बताएकी हुन्।

तपाईको प्रतिक्रिया