Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन १८, २०८१
Friday, October 4, 2024

काठमाडौँ – काठमाडौंको किर्तीपुरमा फेरि एक बालिकामाथि सिरिजन्ज (सुइ) आक्रमण भएको छ । घर नजिकै खेलिरहेको अवस्थामा किर्तीपुरमा बालिकामाथि आक्रमण भएको हो ।

अभिभावकले सिरिन्ज आक्रमण भएको भन्दै बालिकालाई टेकुस्थित शुक्रबार ट्रपिकल तथा सरुवा रोग अस्पताल पु-याएका छन् । अस्पतालका सरुवा रोग विश्षज्ञ डा. शेरबहादुर पुनले अहिले बालिकाको उपचार भइरहेको जानकारी दिए ।

डा. पुनका अनुसार बालिकाको शरीरमा सिरिन्ज आक्रमण भएकोजस्तो देखिने सानो डाम छ । यद्यपि यस विषयमा थप अध्ययन भइरहेको डा. पुनले बताए । कीर्तिपुरकी १२ वर्षीया बालिकासहित अहिलेसम्म ११ जना युवती (महिला)माथि सिरिन्ज आक्रमण भएको छ ।

बिहीबार साँझ मात्रै एक युवती सिरिन्ज आक्रमण भएपछि टेकु अस्पताल भर्ना भएकी थिइन् ।

प्रहरीले सिरिन्ज आक्रमणमा संलग्न भन्दै काठमाडौंबाट १ जनालाई पक्राउ गरेको छ । प्रहरीको टोलीले काठमाडौंको चावहिलबाट बुधबार राति ३० वर्षीया सन्तोष कार्कीलाई नियन्त्रणमा लिएको हो ।

युवती तथा महिलामाथि सिरिन्ज आक्रमण भएको क्षेत्रको सिसिटिभी फुटेजको अध्ययन गरेर आक्रमणकारीको खोजी भइरहेको प्रहरीको भनाइ छ ।

तपाईको प्रतिक्रिया