Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन १८, २०८१
Friday, October 4, 2024

काठमाडौं – लामो समयदेखि स्वास्थ्यविज्ञहरुले रातो मासुको तुलनामा सेतो मासु स्वास्थ्यवद्र्धक रहेको बताउँदै आइरहेको भए पनि सेतो मासु पनि स्वास्थ्यका लागि उत्तिकै हानिकारक रहेको पत्ता लागेको हो । पहिला रातो मासुले मधुमेह, मुटुरोग र क्यान्सरजस्ता घातक रोगको लागि महत्वपूर्ण भूमिका खेलेको बताइएको थियो । सेतो मासु पनि उत्तिकै हानिकारक रहेको अनुसन्धानले पत्ता लगाएको छ ।

चिल्ड्रेन्स हस्पिटल ओकल्याण्ड रिसर्च सेन्टरको नयाँ अध्ययनले रातो मासुले झैं सेतो मासुले पनि रगतको कोलेस्ट्रोरोललाई असर गर्ने कुरा बताएको छ । नयाँ अध्ययनले रातो मासु र सेतो मासुको तुलनामा सबैको ध्यान बढाएको डाक्टर इथन याल्भकले हेल्थलाइन अनलाइनलाई बताए ।  अनुसन्धानले रातो मासु खाने, सेतो मासु खाने र शाकाहारी भोजन गर्नेहरुको समूहलाई हेरिरहेको थियो ।

रगतको स्याम्पल चेक गर्दा रातो मासु खाने र सेतो मासु खाने दुबैले मुटुसम्बन्धि रोगको जोखिम बढाउने भेटाएका थिए ।
अनुसन्धानको समूहले सेतो मासुभन्दा रातो मासु धेरै हानिकारक हुनसक्ने आशा गरेको थियो । तर रातो र सेतो मासु दुबैले कोलेस्ट्रोलको लेभलमा बराबर असर गर्दा अनुसन्धान समूह अचम्मित परेको थियो ।

तपाईको प्रतिक्रिया