Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन १८, २०८१
Friday, October 4, 2024

काठमाडौँ – हामीले खानामा प्राय अदुवा खाइरहेका हुन्छौँ । अदुवाले खानालाई स्वादिष्ट बनाउने मात्र होइन, स्वास्थ्यलाई पनि फाइदा पुराइरहेको हुन्छ । स्वास गनाउने समस्या भएकालाई झनै यो उपयोगि छ । यदि तपाई अदुवा मनपराउनुहुन्छ वा खानुहुन्न भने अबदेखि खाना सुरु गर्नुस, तपाईले हाम्रो शरिरमा यस्तो परिवर्तन पाउनुहुनेछ ।

१. अदुवाले एसिडिटी नियन्त्रण गर्दछ । यदि खाना खाएपछि आउनु विभिन्न समस्यालाई पनि अदुवाले रोकथाम गर्दछ ।
२. तपाईको शरिरमा चिटचिटाहट वा बसिरहँदा पनि थकान महसुस गर्नुहुन्छ भने अबदेखि दिनहुँ अदुवा खानुस, यी समस्याको समाथान हुन्छ ।
३. अदुवाले क्यान्सर लाग्न बाट बचाउँछ ।
४. अदुवाले खाना पचाउन मद्दत गर्दछ ।
५. अदुवाले टाउको दुख्ने समस्याबाट निराकरण गर्दछ भने टाउको दुखेको बेला कम पनि गर्दछ । माइग्रेनका लागि अदुवा उपयोगि औषधी पनि हो ।
६. यदि तपाई हाम्रो पेट बढेर चिन्तित खुनुहुन्छ भने अदुवा खानुभयो भने तपाईको तौल घटाउन सहयोग पुर्‍याउँछ ।
७. अदुवाले मासंपेशी दुख्ने समस्यालाई पनि कम गर्दछ ।
यसको साथै अदुवा तपाईको इच्छा अनुसार खानामा मिसाएर, पकाएर, काचै खाए पनि फाइदा गर्दछ ।

तपाईको प्रतिक्रिया