Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन १८, २०८१
Friday, October 4, 2024

काठमाडौँ – स्वास्थ्यका लागि हानिकारक हो भन्ने थाहा हुँदा हुँदै पनि धेरैको लत हानिकारक नै हुन्छन् । मानिस स्वयमलाई विभिन्न लतमा फस्दा समस्या हुन्छ भन्ने थाहा हुँदा हुँदै पनि त्यसबाट मुक्ति पाउन सकेका हुँदैनन् । त्यस्तै लतमध्येको एक हो चुरोट ।

शुरुमा रहररहरमै सेवन गरिने चुरोट जब लत बन्छ तब त्यसलाई छुटाउन निक्कै मुस्किल नै पर्छ । तर आफ्नो मनलाई बहसमा राख्न सके तत्काल चुरोट छोड्न सकिने चिकित्सकहरु बताउँछन् ।

यदी तपाईंपनि चुरोटको अम्मली हुनुहुन्छ र छोड्न चाहानुहुन्छ भने केहि कुरामा सम्झौता गर्नुहोस् । चाँडै तपाईंले चुरोट छोड्नुहुनेछ ।

सबैभन्दा पहिला चुरोट खाने मानिसबाट टाढा रहनुहोस् । तपाईंको बानी विस्तारै हट्दै जान्छ ।

चुरोटको तलतल लाग्दा चिया, कफी वा अन्य कुनै खानेकुरा खानुहोस् । जसले तपाईंलाई चुरोट बिर्साउँछ ।

चुरोट छोड्छु भन्ने विषयमा आफू प्रतिबद्ध हुनुहोस् । आफ्नो मानसपटलमा चुरोटको हानी के हो त्यसलाई राख्नुहोस् ।

अरुले चुरोट खाएको देखेर खाने तलतल लाग्छ भने केही टाढा बस्नुहोस् । चिया खाजा खान जाँदा ‘नो स्मोकिङ जोन’ भएको ठाउँमा जानुभयो भने चाँडै तपाईंको हातमा हुने चुरोटको ठूटो हट्ने निश्चित छ।

अरूले तानेको देख्दा आफूलाई पनि तलतल लाग्यो भने आफैंले आफूलाई ‘केही मिनेट ढिलो गर्छु’ भन्नुहोस् । यस्तो चलाखीले पनि चुरोटबाट बिस्तारै टाढा बनाउँछ ।

तपाईको प्रतिक्रिया