बुधबार, बैशाख १९, २०८१
Wednesday, May 1, 2024

काठमाण्डौ – अभिनेत्री करिश्मा मानन्धरले डा.बाबुराम भट्टराई नेतृत्वमा रहेको नयाँ शक्ति पार्टीबाट अलग भएको घोषणा गरेकी छिन् ।

केही समयअघि मात्र डाक्टर बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी र उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमबीच एकता भएको थियो । एकतापश्चात पार्टीको नाम समाजवादी पार्टी नेपाल राखिएको छ । समाजवादी पार्टी गठन भएपछि अभिनेत्री मानन्धर निष्क्रिय जस्तै भएकी थिइन् । एसईई परीक्षा दिएर फुर्सदमा रहेकी करिश्माले एकाएक पार्टीबाट अलग हुने घोषणा गरेकी हुन् ।

उनले नयाँ शक्ति पार्टीमा आबद्ध भएर धेरै कुरा जान्ने र बुभ्ने अवसर मिलेको बताएकी छन् । करिश्मा चार वर्षअघि डा.बाबुराम भट्टराईको नेतृत्वको तत्कालीन नयाँ शक्ति नेपाल पार्टीमा प्रवेश गरेकी थिइन् ।

उनले मौखिक रुपमा पार्टीबाट राजीनामा दिइसकेको भए पनि लिखित राजीनामा दिन भने बाँकी नै रहेको  बताएकी छिन् । मानन्धरले एकाएक पार्टीबाट राजीनामा दिनुको कारण उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमबीच एकता भएको बताइएको छ । तर अभिनेत्री मानन्धरले भने आफ्ना केही व्यक्तिगत महत्वपूर्ण कामहरु गर्नु पर्ने भएकोले राजनीतिबाट अलग भएको प्रतिक्रिया दिएकी छन् ।

तपाईको प्रतिक्रिया