बुधबार, बैशाख १९, २०८१
Wednesday, May 1, 2024

काठमाडौं – रणवीर कपूर र आलिया भट्ट केही दिनअघि युरोप भ्रमणमा गएका थिए । त्यसपछि यो जोडीले विवाहका लागि ठाउँ हेर्न गएको हल्ला चल्न थाल्यो ।

दुवैजना इटलीको लेक कोमोमा गोप्य विवाहको योजना बनाइरहेको बताइएको छ । यस खबरमा आलिया भट्टले प्रतिक्रिया दिएकी छन् ।

आलियाले एक अन्तर्वार्तामा हाँस्दै भनिन्, ‘यो बकवास हो । हामी छुट्टी बिताउन मात्र गएका थियौं । मानिस जे मन लाग्यो त्यही भन्छन् ।’

आलियाकी आमा सोनी राजदानले पनि यो खबर निराधार भएको बताइन् ।

आलिया र रणवीरको सम्बन्धको चर्चा बलिउडमा खुबै हुने गरेको छ । दुवैजना प्रायः सँगै देखिन्छन् । एउटा पुरस्कार समारोहमा आलियाले रणवीरलाई आई लभ यू समेत भनिन् । दुवैको केमिस्ट्री गजबको छ ।

यी दुवैजना फिल्म ब्रह्मास्त्रमा देखिँदैछन् । पहिलोपटक उनीहरूले स्क्रीन शेयर गर्न लागेका हुन् । ब्रह्मास्त्र डिसेम्बर २५ मा सार्वजनिक हुन लागेको छ ।

तपाईको प्रतिक्रिया