Deneme Bonusu Veren Siteler
आइतबार, पौष १४, २०८१
Sunday, December 29, 2024

जनसंख्या कुनै पनि देशको बिकासका लागि महत्वपूर्ण स्रोत मानिन्छ । जब कुनै पनि देशको जनसंख्या घट्न थाल्छ, त्यो देशले विभिन्न किसिमका चुनौतीहरुको सामना गर्नुपर्ने हुन्छ । अझ त्यो देशको जनसंख्याको ठूलो समूह बृद्ध भयो भने त्यसले ल्याउने समस्या झन डरलाग्दो किसिमको हुन्छ । यदि, यी माथि भनिएका जनसंख्या घट्ने र ठूलो मात्रामा जनसंख्या बृद्ध हुने अवस्था भयो भने, त्यो देशको अवस्था के होला ? एकछिन सोचौं त, अहिलेको अवस्थामा हेर्दा जापान त्यस्तो देश हो जुन माथि भनिएका यी दूवै समस्याबाट गुज्रिरहेको छ । तसर्थ यसको वास्तविक पीडा जापानलाई नै थाहा होला ।

अहिले जापानीहरु संसारमै सबैभन्दा धेरै बर्ष बाँच्ने भनेर चिनिन्छ । पुरुषहरुको औसत आयु ८१ बर्ष र महिलाहरुको औसत आयु ८७ बर्ष रहेको छ । ६५ बर्ष नाघेका ज्येष्ठ नागरिकहरु कुल जनसंख्या को २८ दशमलव ५५ रहेका छन् । ६० बर्ष नाघेका ज्येष्ठ नागरिकको कुरा गर्ने हो भने त यो अनुपात कुल जनसंख्याको एकतिहाई भन्दा धेरै हुन आउँछ । सय बर्ष नाघेको ज्येष्ठ नागरिकहरुको संख्या नै झण्डै ६६ हजार रहेको छ ।

सन १९६० तिर झण्डै ९० दशमलव ५५ प्रतिशत जापानी ज्येष्ठ नागरिकहरु छोराछोरीसंगै बस्ने गरेकोमा अहिले ४० दशमलव ५५ प्रतिशत मात्र छोराछोरीसंगै बस्ने गरेको देखिन्छ । श्रीमान श्रीमती मात्रै बस्ने ३८ दशमलव ५५, एक्लै बस्ने १८ दशमलव ५५ र अन्य ४ दशमलव ५५ रहेको देखिन्छ । पछिल्लो समयमा एक्लै बस्ने र श्रीमान श्रीमती मात्रै बस्ने जनसंख्या बढ्दो छ ।
जापानमा अन्य जनसांख्यिक अवस्थाको बारेमा हेर्दा १५ बर्ष भन्दा मुनिको जनसंख्या १२ दशमलव ५ प्रतिशत रहेको छ रहेको भने, प्रतिहजार जनसंख्यामा जन्मदर ८ जना, प्रतिहजार जनसंख्यामा मृत्युदर १० जना, प्रतिहजार जन्ममा शिशु मृत्युदर १ दशमलव ९ जना, कुल प्रजननदर १ दशमलव ५ प्रतिशत रहेको छ र खुद बसाईसराई दर प्रति हजार जनसंख्यामा १ रहेको छ ।
जापानको जनसंख्या घट्नु भनेको अर्को अर्थमा जापानी महिलाहरुको प्रजननदरमा कमी आउनु हो । प्रजननदरमा कमी आउनु भनेको जन्मिने बच्चाहरुको संख्या कमी हुनु हो । जन्मिने बच्चाहरुको संख्यामा कमी आउनाले प्राथमिक विद्यालयमा विद्यार्थीहरुको कमी, विद्यालयमा विद्यार्थीहरुको कमी हुनु, विश्वविद्यालयमा विद्यार्थीहरुको कमी हुनु हो । यसको असर देशको उद्योगधन्दालाई आवश्यक मानवस्रोतको कमी हुन गई देशको अर्थतन्त्रमा नकारात्मक असर पर्दछ । प्रजननदर कम भई बच्चाहरुको संख्या कम हुनु भनेको भोलिका दिनमा काम गर्ने उमेर समूहमा जनशक्तिको कमी भई ज्येष्ठ नागरिकहरुको पेन्सनमा समस्या पर्नु हो र अर्कोतर्फ ज्येष्ठ नागरिकहरुको स्याहार-सुसारका लागि आवश्यक पर्ने जनशक्तिको उपलब्ध गराउन नसकिने अवस्था पनि हो । अहिले जापान यहि अवस्थामा गुज्रिरहेको छ ।

किन सन्तान जन्माउन उदासिन छन जापानीहरु ? 
जापानमा प्रजननदर घट्नुका कारणहरुलाई निम्नानुसार उल्लेख गरेको पाईन्छ । ‘३० बर्षपछि मात्र बिबाह गर्न चाहनु, थोरै व्यक्तिले मात्र बिबाह गर्न चाहनु, ३५ बर्षपछि मात्र पहिलो बच्चा जन्माउनु, अविवाहित महिलाहरुबाट बच्चा नजन्माईनु, कामोउत्तेजक चित्र र पैसा तिरेर गरिने यौन क्रियाकलापप्रति जापानीहरु आकर्षित हुनु, बच्चा जन्माउन वा बच्चा हुर्काउन बिदामा बस्ने महिलाहरुप्रति जापानी कम्पनी र राज्यको खुकुलो नीतिको अभाव र पुरुषहरु घरायसी गृहस्थी सम्बन्धी कामहरुमा अनिच्छुक देखिनुलाई ठानिन्छ ।’

उमेरिनु (बुढ्यौली) ले जापानमा निम्त्याएका सामाजिक समस्याहरु :
अबैधानिक नर्सिङ होम : दिन प्रतिदिन बढ्दै गईरहेको जेष्ठ नागरिकहरुलाई रेखदेखको सेवा पुर्‍याउने उद्देश्यले खोलिएका अबैधानिक नर्सिङ होम बढ्दै गईरहेका छन । बैधानिक नर्सिङ होमको तुलनामा सेवा सुबिधा कम भए पनि यिनीहरु सस्ता हुन्छन् । कम्तीमा पनि १५ हजार जना ज्येष्ठ नागरिक यस्ता नर्सिङ होममा बसेको पाईन्छ ।

लास राख्ने होटल : बढ्दो बृद्ध जनसंख्या र उच्च मृत्युदरका कारण जापानमा लासलाई दाहासंस्कार गरी अन्त्येष्टी गर्ने ठाउँमा भिडको कारणले गर्दा अन्त्येष्टि गर्न थुप्रै समय पर्खिनुपर्ने भएकोले पालो नआउँदासम्म लासलाई राख्ने होटलहरु जापानमा फस्टाएका छन् ।

एकल मृत्यु : जापानमा एक तिहाई घरहरु एकल परिवार प्रकृतिका छन् र यी एकल सदस्यहरु प्रायः बृद्ध उमेरका छन् । यस्ता घरमा हुने ज्येष्ठ नागरिकहरुको मृत्यू कहिलेकाँही कैयौ दिनसम्म पनि अरुलाई थाहा हुँदैन । यस्ता प्रकारका सामाजिक समस्या पनि जापानमा बढ्दो छ ।

समुदायको अस्तित्व बिनाश : ग्रामीण क्षेत्रबाट प्रायः सबै युवाहरु बसाइसराई गरी सहरी क्षेत्रमा आउने र गामीण क्षेत्रमा बुढाबुढी मात्र हुने भएकोले ती बुढाबुढीहरुको मृत्यू पश्चात उक्त ग्रामीण समुदायको अस्तित्व नै बिनाश हुने डरलाग्दो अवस्था देखिदै छ । युवायुवतीहरु फर्केर आफ्नो ग्रामीण क्षेत्रमा जान चाहँदैनन् ।

ज्येष्ठ नागरिकबाट गरिने अपराध: ज्येष्ठ नागरिकबाट गरिने अपराधका घटनाहरु जापानमा दिनप्रतिदिन बढ्दो क्रममा छ । कारागारमा राखिदा ज्येष्ठ नागरिकको सम्पूर्ण रेखदेख कारागारलेनै गर्नुपर्ने जापानमा नियम छ । आजभोलि जापानका कारागारको अधिकृतको काम त जेष्ठ नागरिकको स्याहार सुसार गर्ने ठाउँजस्तो हुँदै गईरहेको छ । केहि जेष्ठ नागरिकले त आफ्नो जीवनलाई सहज बनाउन पनि यस्तो कार्य स्वेच्छिक किसिमले गर्छन भनेर पनि भनिन्छ ।

उमेरिदो जापान र अर्थतन्त्र :
विश्वका अन्य मुलुकहरुसंग तुलना गर्दा जापानी ज्येष्ठ नागरिकहरु स्वस्थ र आर्थिक रुपले लामो समयसम्म सक्रिय रहेको देखिन्छ । हाल ६५ बर्षभन्दा माथिका झण्डै ६१ लाख जापानीहरु सक्रियरुपमा काम गरिरहेका छन् । एउटा सर्वेक्षणले ८० प्रतिशत जापानीहरु अवकाशपछि पनि काम गरेर जापानको अर्थतन्त्रमा टेवा पुर्‍याईरहेको देखिन्छ ।
जापानको अर्थतन्त्रको औसत बृद्धिदर हेर्ने हो भने सन् १९६० मा १० दशमलव ५५, सन् १९७० मा ५ दशमलव ५५, सन् १९८० को दशकमा ४ दशमलव ५५ थियो । सन् १९७८ देखि सन् २०१० सम्म जापानको अर्थतन्त्र विश्वमै दोश्रो ठूलो रुपमा स्थापित थियो । हाल जापानको अर्थतन्त्र विश्वमा तेस्रो ठूलोको रुपमा स्थापित छ । जापानको घट्दो जनसंख्या र उमेरिदो (बुढ्यौली) जनसंख्याले गर्दा अहिले जापानको अर्थतन्त्रमा ठूलो दबाब आईरहेको छ । अहिले जापानको अर्थतन्त्रको बृद्धिदर लगभग १ प्रतिशतको नजिकै रहेको छ ।

नेपालको अवस्था
नेपाल अहिले जनसांख्यिक हिसाबले धेरै राम्रो अवस्थामा छ । हामीकहाँ अहिले काम गर्ने उमेर १५ देखि ६४ बर्षसम्मको जनसंख्या लगभग ६३ प्रतिशत छ । विश्वमा अहिले हेर्ने हो भने जति पनि विकसित राष्ट्रहरु छन् उनीहरुको बिकास यहि काम गर्ने उमेर समूहको जनसंख्या अति धेरै भएको अवस्थामा भएको देखिन्छ । यदि यो जनशक्तिलाई अहिले सहि किसिमले राष्ट्रनिर्माणमा लगाउन सकिएन भने यो जनशक्ति बूढो हुँदै गएर काम गर्ने जनशक्तिको अनुपात कम हन जान्छ र परनिर्भर जनशक्तिको अनुपात बढ्छ । तसर्थ नेपालले पनि कुनै कालखण्डमा मात्र प्राप्त गर्न सकिने यस्तो प्रकारको उच्च काम गर्ने जनशक्ति (जनसांख्यिक बोनश) लाई देश बिकासमा लगाएर देशको अर्थतन्त्रलाई माथि पुर्‍याई आगामी दिनमा आउन सक्ने उमेरिने (बुढ्यौली) सम्बन्धी समस्यालाई ब्यवस्थापन गर्न जापान जस्तो समृद्ध र हाल उमेरिने जनसंख्याबाट पर्न गएको असरबाट लडिरहेको देशबाट धेरै कुराहरु सिक्नुपर्ने देखिन्छ ।***

(लेखक डा. चालिसे ज्येष्ठ नागरिक तथा जनसंख्या विज्ञ हुन्)

तपाईको प्रतिक्रिया