मंगलबार, बैशाख २५, २०८१
Tuesday, May 7, 2024

काठमाडौँ – गायक जस्टिन बिबर लगातारजसो नै चर्चामा रहन्छन् । पछिल्ला दिनमा उनी कहिले विवाहका कारणले त कहिले श्रीमतीसँगको झगडाको खबरले मिडियामा छाउने गरेका छन् । तर, अहिले भने उनी पिता बन्न लागेको चर्चा चलेको छ । यसबारे जस्टिनले इन्स्टाग्राममा लामो पोस्ट गरेर संकेत दिएका हुन् ।

जस्टिनको पोस्टका कारण मिडियामा यो खबर छाएको छ कि उनकी पत्नी हैली वाल्डविन गर्भवती छिन् । जस्टिनले पोस्टमा आफ्नो निजी जीवनको अनुभव र तनावमा चलिरहेको दिनचर्याबारे बताएका छन् । साथै, उनले राम्रो श्रीमान् र पिताले निभाउनुपर्ने जिम्मेवारीको पनि कुरा गरेका छन् । जस्टिनको त्यही पोस्टका कारण हैली गर्भवती भएको हल्ला चलेको हो । उनले भनेका छन्, ‘म मेरो विवाह सम्हाल्न सक्षम छु र पिता बन्न पनि । म त्यो चाहन्छु पनि ।’

तर, जस्टिन र हैलीको वैवाहिक जीवन राम्रोसँग चलिरहेको छैन । केही समयअघि उनीहरू पार्कमा झगडा गरिरहेको अवस्थामा भेटिएका थिए । उनीहरूले गत वर्ष मात्र विवाह गरेका हुन् । हैली अमेरिकी मोडल हुन् ।

तपाईको प्रतिक्रिया