Deneme Bonusu Veren Siteler
आइतबार, पौष १४, २०८१
Sunday, December 29, 2024

भर्खरै नेपाली आकाशमा अलग प्रकृतिका ‘ब्याक टु ब्याक’ जे जे घटना घटिरहेका छन यसले दीर्घकालीनरुपमा नेपाल पुन: गृहयुद्धमा धकेलिने संभावना प्रबल छ।

नेकपा माओबादी शान्तिप्रक्रियामा आएको सुरुवाती दिनदेखि अन्तरपार्टीमा भिन्न मत मात्रै होईन अध्यक्ष प्रचण्डसंग खरो बहसमा उत्रेका युवानेता नेत्रबिक्रम चन्द ‘विप्लव’ केही समयको अन्तरपार्टी संघर्षपछि पार्टीबाट बिद्रेाह गर्दै नयां पार्टी र त्यहांबाट पुन: बिद्रोह गर्दै आफ्नै नेतृत्वमा नयां पार्टी घोषणा गर्दै केही समय यता अर्धभूमिगत शैलीमा नेपाली राजनीतिमा क्रियाशिल उनी केही समय यता चर्चाको शिखरमा छन् । सरसरती हेर्ने हो भने विप्लव समुह यतिबेला फौजी आक्रमण गर्ने शैलीमा देखिन्छन् ।अहिलेको विप्लव माओवादी २०५१ को हाराहारीमा छ । यस्ले फौजीरुपमा सुरक्षा फौजमाथि आक्रमण गर्ने होईन अहिले शैन्य शक्ति आर्जनको चरणमा छ कि जस्तो देखिन्छ । सुरुवाती दिनमा पक्कै पनि यसका सबै राजनैतिक संगठनहरु सैन्य तालिम लिने र जनतासंग सबन्ध सुधार र बिस्तार गर्ने चरणमा छन् भने बिभिन्न बैधानिक फोरमको प्रयोग गरी आफ्ना एजेण्डा र असहमति जनतासंग राख्ने अनि जनताका नजरमा अलोकप्रिय भ्रष्टपात्र वा संस्थान माथि आक्रमण गर्ने जस्तै बैदेशिक रोजगार संघका अध्यक्षको घरमा आक्रमण गर्नु र एनसिएल माथि आक्रमण त्यही घटनाको निरन्तरता हो ।यी घटनाले मुलत: दुईवटा सन्देश दिन खोजेको देखिन्छ । राजनैतिकरुपमा आफु नेपाली राजनीतिको बैकल्पिक धार भएको र अर्को सैन्यरुपमा पनि फेरी यो राज्यसत्ताको बिरुद्धमा अर्को बिद्रोह हुंदै छ भन्ने संकेत दिदै छ ।

इतिहासले पनि यति छिटो यति भद्दा मजाक गरयो कि कुनै कालखण्डमा प्रचण्डका बिश्वासपात्र मानिने विप्लव तत्कालिन अवस्थामा आधार क्षेत्रका इन्जार्ज पनि थिए भने माओवादीमा युद्ध कौशलता र योजनाविद्ध मानिने रामबहादुर थापा ‘बादल’ जो अहिले सरकारका गृहमन्त्री छन् उनी संग पनि विप्लवको विशेष सम्बन्ध थियो। आज छोटो समयको अन्तरालमा यिनीहरुको बिचमा मुठभेड हुने पक्कापक्की देखिन्छ ।
प्रिय पाठकबृन्द ! मैले माथि नै उल्लेख गरे नेकपा विप्लव समुह भर्खर युद्धको घोषण गर्ने मुडमा थिएन मुलुकमा अचम्मित कुरा त के भयो विप्लव समुह माथि राज्यसत्ताले युद्ध घोषणा गरयो । केही नेता गिरफ्तार गर्नु र केही नेतालाई गम्भिर प्रकृतिको मुद्दा लगाउनु भनेको समस्याको हल होईन । समस्याको हलका लागि राज्य सत्ता गम्भिर बन्नु आवश्यक छ ।
अब के गर्ला विप्लव समुहले बिकसित घटनाक्रमलाई हेर्दा विप्लव समुहलाई एक किसिमको हताहत र भयको स्थिति सिर्जना अवश्य भएको छ किनभने छोटो समय मैं उच्च तहका नेता गिरफ्तारमा पर्नु त कतै पलायनका खबर आउनु भनेको यो संतोषजनक होइन तर दुई कदम पछाडि हटेर यसले ‘हिट एण्ड रन’ को रणनीति लिने छ । फेरि पनि टार्गेटमा भ्रष्ट प्रशासक, जनप्रतिनिधी पहिलो नंवरमा र दोस्रो नंवरमा अब पुलिस पनि अवश्य पर्ने छन् किनभने लगातार उक्त समुहबाट सुरक्षाकर्मी माथि आक्रमण गर्ने हाम्रो कुनै कार्यक्रम छैन भन्दा भन्दै पुलिसबाट लगातार धरपकड र गिरफ्तार गरिरहनुले अबको रणनीतिमा पुलिस पनि आक्रमणमा पर्न सक्छन् ।

समाधानको उपाय के त ?
हिजोको माओवादी आन्दोलनले उठाएका र बिचमा नै नेतृत्वले बेवारिसे पारिएका कतिपय एजेण्डाहरुलाई समाधान गर । हिजो माओवादी आन्दोलनमा होमिएका हजारौ युवायुवती जो अहिले पनि नारकीय जीबन गुजारिरहेका छन्न् । हिजो आफुहरु माओवादी आन्दोलनमा लागेकोमा हिनताबोध गर्छन उनीहरुलाई न्याय देऊ ! माओवादीको ब्यवस्थापनको मतलब केही नेताहरुको व्यवस्थापन भन्ने अर्थमा बुझ्यौ भने आत्मघाती हुने छ । विप्लवले उठाएका जायज मागलाई यथाशक्य छिटो संबोधन गर्न सके विप्लव पनि फर्केर मुलधारको राजनीतिमा आउन बाध्य हुनेछन् र देश गृहयुद्धमा जानबाट बच्ने छ । सरकार मेरो गोरुको बाह्रै टक्कामा चल्यो र दमनमा उत्र्यो भने विप्लव समुहले समाजमा ब्याप्त आक्रोशलाई आफ्नो पक्षमा पार्ने र हिजो सैन्य तालिम गरेका युवायुवती त्यो बाटो रेाज्ने छन् त्यो मुलुकको लागि दुर्भाग्य हुने छ ।***

तपाईको प्रतिक्रिया