Deneme Bonusu Veren Siteler
बिहिबार, माघ १०, २०८१
Thursday, January 23, 2025

उ एकोहोरो टोलाईरहेछ,
कसैलाई बोलाईरहेछ
लुटियो मेरो स्वाभिमान
चुडियो मेरो आस्था
अनि चिथोरियो
मेरो देशको अखण्डता
किन कि यहाँ छ
साढेहरुको शासनतन्त्र
धन्य छ मेरो देशको गणतन्त्र !

उ कसैलाई सुनाउन चाहिरहेको छ
मेरो देशको बयान
सीता, जानकीको जन्मभूमि
राम, कृष्ण र जनकको
कथाले लेखिएको गाथा
बुद्धले छरेको शान्ति
अनि पुर्खाले कोरेको इतिहास
तर अहँ कोहि छैन वरिपरी
सुनिदिने कोहि छैन
किन कि यहाँ चलिरहेछ
नेतालौटी शासनतन्त्र
धन्य छ मेरो देशको गणतन्त्र !

उ अझै जोडजोडले चिच्याईरहेछ
कोहि हुनु र नहुनुमा
कुनै प्रवाह नगरी
अमरसिंह भक्ति थापा र बलभद्रको
बलिदानीलाई सलोट गर्दै छाती पिटीपिटी
एक मुठी माटो उठाएर
कसम खाँदैछ
आमा म तिम्रो दुधको भारा
तिर्न सकुँला नसकुँला
तर तिमीमाथि कहिल्यै गद्दार गर्ने छैन
थाहा छ आमा
देश टुक्राटुक्रा बनाउन
यहाँ देशद्रोहीहरुको भएको छ
एउटै मन्त्र
धन्य छ मेरो देशको गणतन्त्र !!!

उ घुक्क घुक्क हुदै आँशु पुछ्दै
मसिनो स्वरमा धिक्कारीरहेको छ
मलाई खेद छ प्रकृति
तिमीसंग पनि
किन यति धेरै हराभरा सौन्दर्यता
कोईलीको
कुहुकुहु,
पातबाट निस्कने मीठो
धुन, छनछन बग्ने झरनाको स्वच्छन्दता दियौ ?
गौरवको
सगरमाथा दियौ ?
जहाँ लाछीहरुको छ तन्त्र
धन्य छ मेरो देशको गणतन्त्र !

स्वर सुक्दै गएको छ उसको
यताउता केहि हेरेजस्तो गर्छ
नजिकैको खाली बोतलको उठाउँछ
कठै बिचरा हामी
मेलम्चीको पानी कुर्दाकुर्दै
म पनि काकाकुल बस्नुपर्ने भएछ
मेशिनबाट झर्ने पानी पिउन
राजधानी जानुपर्ने बाध्यता
जुन सपना बोकेर म
मुक्ति युद्धमा होमिए टाउको फुटाए
एउटा आँखा गुमाए
तर हाम्रो त उपयोग मात्रै भएछ
पापीहरु
कोहि मोटाए कोहि सुन्निए
जो सुन्निनु पर्ने हो अहँ उ कहिल्यै सुन्निएन
जो मोटाउनु पर्ने हो उ कहिल्यै मोटाएन
किन कि यहाँ लुटेराहरुको छ संयन्त्र
धन्य छ मेरो देशको गणतन्त्र !

खानेले खान हुने मात्रै कहाँ खाए र ?
जुका खाए, किर्ना खाए, जुम्रा खाए
मुख मिठ्याउदै चपाएर खाए
न अख्तियारले समात्यो न प्रहरीले मुक्कायो
सर्प र भ्यागुतो मिलेपछि
पापी र दुष्ट मिलेपछि
यहाँ नहुने कुरा नि हुदोरहेछ
बोल्नेको जिब्रो काटिन सक्छ
जुधेका साढेहरुको बिचार मिलेपछि
हरियो घाँस मात्रै कहाँ मासिदोरहेछ र ?
जमिन नै भ्वाङ पर्नेरहेछ
टालेर टाल्न नसकिने गरी
पुरेर पुर्न नसकिने गरी
पहिरो जाला कि भन्ने डर छ
अब किन कि
उनीहरुकै बिहे उनीहरु कै छ जन्त
धन्य छ मेरो देश गणतन्त्र !

खल्तीमा राखेको एक टुक्रा
कागजमा हेर्दैछ उ
के पो छैन र यसमा लेखिदिए हुने
बोलिदिए हुने गाउँ गाउँमा सिहंदरबार
कसले खोज्छ सिंहदरबार पुग्यो कि
हान्ने सिंह मात्रै पुग्यो
एक छाक टार्न १२-१४ घण्टा जोतिने
साहुको हलियाले कसरी छुट्टाउन सकोस
सिंहदरबार हो कि
ऋण दरबार हो
कर तिर्न मात्रै पनि भए पनि
१६ बर्षे छोरोलाई
उमेर बढाएर खाडी धकेल्नुपर्छ किन कि
जुम्राहरुले खाडीबाट आएको रियल टोक्छन
किर्नाहरुले मलेसियाबाट आएको रिङ्गगेट हसुर्छन
जुकाहरुले जापानबाट आएको येन चुस्छन र पो
५० केजीको शरीर ८० पुगेको छ
भुइँबाट बंगला सरेको छ
किनकी यहाँ उनीहरुकै छ तन्त्र
धन्य छ मेरो देशको गणतन्त्र !
धन्य छ मेरो देशको गणतन्त्र !

भरतपुर – १३ चितवन
हाल साउदी

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया