आइतबार, जेठ ०६, २०८१
Sunday, May 19, 2024

टोकियो – आफ्नो तीन वर्षिय नाबालिका छोरीलाई दुर्ब्यवहार (कुटपिट) गर्ने इवाराकी खामिसुका निवासी २३ वर्षिय बाबुलाई प्रहरीले पक्राउ गरेको छ ।

सान्केइ शिन्बुनका अनुसार एक कम्पनीकार्यरत कर्मचारी र्‍युगो आमिनाकाले गत जनवरी ६ को राति आफ्नी छोरीको अनुहारमा कुटपिट गरेको प्रहरीले पत्ता लगाएको हो ।

भोलिपल्ट नर्सरीका कर्मचारीहरुले ती बालिकाको घाँटी सुन्निएको अवस्थामा फेला पारेपछि बालिका दूर्ब्यवहारमा परेको हुन सक्ने आशंकामा बाल कल्याण केन्द्रमा जानकारी गराएका थिए ।

बालिका आन्तरिक रत्तस्रावबाट पीडित भईरहेको र निको हुन करीव एक महिना लाग्न सक्ने बताईएको छ ।

आमिनाकाले भने आफुलाई लगाएको आरोप स्वीकार गरेका छैनन् ।

बालिका अहिले बालकल्याण केन्द्रको सुरक्षामा रहेकीछिन् ।***

तपाईको प्रतिक्रिया