आइतबार, जेठ ०६, २०८१
Sunday, May 19, 2024

टोकियो – जापानको अदालतले कार कम्पनी निशानका पूर्व प्रमुख कार्लोस गोसनलाई जमानत दिएको छ । १ बिलियन जापानी येन धरौटी तोक्दै अदालतले उनलाई धरौटीमा रिहाइको आदेश दिएको हाे । यो फैसलापछि पूर्व प्रमुख कार्लोस छुट्न सक्नेछन् ।

आर्थिक अनियमितता गरेको आरोप लगाइएकोमा गोसनले सो कुरा अस्वीकार गर्दै आएका थिए । अदालतले यस अघिका दुईवटा धरौटी मागलाई अस्वीकार गरेकोमा अहिले तेस्रो पटक त्यसलाई स्वीकार गरेको हो । लेवनानी आमाबाबुबाट ब्राजिलमा जन्मिएका गोसनका प्रतिरक्षा गर्ने कानुन व्यवसायी टोलीका प्रमुखले सोमबार उनलाई धरौटी प्राप्त हुन सक्ने बताएका थिए ।

जापानमा यस्ता घटनामा यदाकदा मात्रै धरौटी मिल्ने गर्दछ । ६४ वर्षीय गोसन गएको नोभेम्बरदेखि जापानको हिरासतमा छन् । उनलाई कार उद्योग क्षेत्रका वादशाह मध्येका एक मान्ने गरिएको छ । उनी अध्यक्ष भएकै बेलामा निशानले मित्सुबिसी कम्पनी पनि सन् २०१६मा किनेको थियो । उनी पक्राउ परेपछि निशान र मित्सुबिसीले गोसनलाई अध्यक्षबाट हटाएर अर्कै व्यक्तिलाई अध्यक्ष बनाएका थिए ।

तपाईको प्रतिक्रिया