मंगलबार, बैशाख २५, २०८१
Tuesday, May 7, 2024

काठमाडौँ – चलचित्र ‘इन्टु मिन्टु लन्डनमा’बाट गत वर्ष नेपाली चलचित्र नगरीमा डेव्यु गरेका नायक हुन् धिरज मगर । युके निवासी धिरजले पहिलो चलचित्रबाट नै लोभ लाग्दो क्रेज बनाए । नायिका साम्राज्ञी शाह र धिरजको मुख्य भूमिका रहेको उक्त चलचित्रलाई रेनशा वान्तवा राईले निर्देशन गरेकी हुन् ।

पहिलो चलचित्र सफल भएसँगै रेनशाले धिरजलाई लिएर नयाँ चलचित्र ‘आई एम ट्वान्टिवान’ केही समयअघि नै घोषणा गरिसकेकी छिन् । जसलाई आइकोर फिल्मस्ले निर्माण गर्दैछन् । हालै आइकोर फिल्मस्ले सुपरहिट चलचित्र मेरो एउटा साथी छको सिक्वेल बनाउने भएको छ । जसमा निर्देशन दिनेश राउत अनुबन्धित भइसकेका छन् भने नायकमा धिरज मगर हुने पक्का जस्तै भएको बुझिएको छ ।

चलचित्रको हाल स्किृप्टको काम भइरहेको छ । स्किृप्टको काम भएपछि मात्र नायक तय हुने निर्माण पक्षले जानकारी दिए । चलचित्र मेरो एउटा साथी छलाई सुदर्शन थापाले निर्देशन गरेका हुन् भने चलचित्रमा आर्यन सिग्देल र नम्रता श्रेष्ठको मुख्य भूमिका रहेको थियो । चलचित्र सुपरहिट भएसँगै यो जोडीलाई दर्शकले निकै रुचाएका थिए । त्यस्तै यहि चलचित्रबाट रेशना वान्तवा कोरियोग्राफरको रुपमा उदाएकी थिइन् । ***

तपाईको प्रतिक्रिया