मंगलबार, बैशाख २५, २०८१
Tuesday, May 7, 2024

काठमाडौं – अभिनेता अनुप विक्रम शाहीको मुख्य भूमिका रहेको ‘कप्स’को पहिलो गीत सार्वजनिक भएको छ ।

स्राइपसमा छायाङ्कन गरिएको ‘तिमी र म’ बोलको गीत बिहीबार राजधानीमा आयोजित कार्यक्रम बिच सार्वजनिक गरिएको थियो । सार्वजनिक गीतमा विजय घिमिरे र नीतु घिमिरेको स्वर रहेको छ भने विजय घिमिरेको शब्द तथा सङ्गीत रहेको छ । गीतमा चलचित्रका मुख्य कलाकार अनुपबिक्रमको साथमा नव नायिका सनिदपा लिम्बु फिचर्ड छन् ।

गीतमा अनुप र सन्दिपासँग रोमान्टिक भएको देख्न सकिन्छ । आर्या मुभिज र सारा श्री मुभिजको प्रस्तुतिमा बनेको चलचित्रलाई सम्राट् सापकोटाले निर्देशन गरेका हुन् । उनको यो डेव्यु निर्देशन हो । चलचित्रमा अनुप र सन्दिपाको अलावा अमित गिरी, रामराज क्षेत्री, अनुपमा भण्डारी लगायतका कलाकारको अभिनय रहेको छ ।

चलचित्रलाई राम शाक्यले निर्माण गरेका हुन् भने सुशन प्रजापतिको छायाङ्कन, शिशिर खातीको कोरियोग्राफी रहेको छ ।

तपाईको प्रतिक्रिया