मंगलबार, बैशाख २५, २०८१
Tuesday, May 7, 2024

काठमाडौं  – यही चैत्र १ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘दि म्यान फ्रम काठमाडौँ’को नयाँ गीत सार्वजनिक भएको छ ।

‘किच किचे माया..’बोलको गीत सोमबार युट्युब मार्फत सार्वजनिक गरिएको थियो । गीतमा चलचित्रका मुख्य दुई कलाकार आना शर्मा र कर्मा शाक्य फिचर्ड छन् । नेपाली तथा विदेशी कलाकारको अभिनय रहेको चलचित्र दि म्यान प्रम काठमाडौँको सार्वजनिक गीतमा सुजेन्द्र डी कार्कीको शब्द तथा संगीत छ भने चन्दध्वज केसीको स्वर रहेको छ ।

भिडियोलाई रेनशा वान्तवा राईले कोरियोग्राफी गरेका हुन् । चलचित्रलाई पेमा ढोन्डुपको निर्देशन रहेको छ भने चलचित्रलाई नकिम उद्दिन र पेमाले निर्माण गरेका हुन् । चलचित्रमा आना र कर्माको साथमा बलिउड कलाकार गुल्सन ग्रोबर, जोस मानुइल लगायतका कलाकाको अभिनय रहेको छ ।

तपाईको प्रतिक्रिया