बुधबार, जेठ ०२, २०८१
Wednesday, May 15, 2024

काठमाडौं  – प्रेमको सवालमा क्याट्रिना कैफलाई असफल मानिन्छ । उनको अफेयरको खबर सलमान खानदेखि रणवीर कपुरसम्म लामो समयसम्म रह्यो । तर, उनको प्रेम सफल हुन भने सकेन ।

रणवीरसँग ब्रेकअपपछि पछिल्लो समय सलमानसँग फेरि नजिकिएकी क्याट्रिनालाई उनका फ्यानले अचम्मको प्रस्ताव गरेका छन् ।

वेबसाइट इन्डिया टुडेका अनुसार क्याट्रिनालाई उनका फ्यानहरूले सलमानसँग विवाह गर्न प्रस्ताव गरेका छन् । फ्यानहरूले यो कुरा सामाजिक सञ्जालमा व्यक्त गरेका हुन् ।

मिडियाका अनुसार फ्यानहरूको यो सुझाबलाई क्याट्रिनाले ‘हम्म…’ भनेर प्रतिक्रिया दिएकी छिन् । हालैका एक च्याट सोमा उनलाई निजी जीवनसँग जोडिएका विभिन्न प्रश्न सोधिएको थियो । उनले सबै जिज्ञासाको जवाफ सहज तवरले दिएकी थिइन्।

तपाईको प्रतिक्रिया