बुधबार, जेठ ०२, २०८१
Wednesday, May 15, 2024

काठमाडौं – चलचित्र पुरानो बुलेटको ट्रेलर सार्वजनिक भएको छ ।

पछिल्लो समय चलचित्रमा भिलेनको रूपमा देखिँदै आएका अभिनेता अनुप विक्रम शाहीको मुख्य भूमिका रहेको चलचित्रको ट्रेलरमा अनुपलाई गाउँको एक सामान्य युवाको भूमिकामा देखाइएको छ । प्रेम, द्वन्द्व र सस्पेन्स समावेश ट्रेलरमा अनुपसँग अभिनेत्रीद्धय वर्षा सिवाकोटी र माला लिम्बुको मुख्य भूमिका रहेको छ ।

चैत्र १ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र अनुप, वर्षा र मालाको अलावा कविता आले, कृष्णभक्त महर्जन, शिरोमणी दवाडी, शिव मुखिया, दिवज राईको मुख्य भूमिका रहेको छ। चलचित्रलाई भीषण राईले निर्देशन गरेका हुन् ।

चलचित्रमा कथा तथा पटकथा निर्देशक भिषण राईसँगै सन्तोष राईले मिलेर लेखेका हुन् । चलचित्रमा उत्तम जंग लिम्बु, जयन जे वाइवा र भिजे घिमिरेको संगीत, हरि घले लामा छायाँकन, अर्जुन जिसीको सम्पाद, प्रविण सिंह र प्रशान्त तामाङको कोरियोग्राफी छ।

तपाईको प्रतिक्रिया