Deneme Bonusu Veren Siteler
शनिबार, माघ ०५, २०८१
Saturday, January 18, 2025

काठमाडौं – ‘लक्ष्मी रानी’ चलचित्रको कलाकार तथा प्राविधिक टोली छायाँकनका लागि यतिबेला सुदुरपश्चिमको दार्चुला पुगेको छ ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

शुभेच्छा सिने फ्रेमको प्रस्तुति ‘लक्ष्मी रानी’ चलचित्रको छायाँकन गर्न कलाकारको टोली नेपाल–भारत सिमाना दार्चुला क्षेत्रमा पुगेको हो ।

‘यतिबेला यहाँ हिउँ परिरहेको छ, हामीले यहाँको परिबेश अनुसार सुटिङ गरिरहेका छौं, लक्ष्मी रानी चलचित्रकी निर्देशक शुभेच्छा थापाले भनिन्,‘दश दिन दार्चुलाको ग्रामिण क्षेत्रमा सुटिङ हुनेछ ।’

यो चलचित्रमा गाउँको अबस्था र शहरी परिवेशको चित्रण हुने भएकोले फिल्म युनिटको रोजाई दार्चुला भएको उनले जानकारी गराईन् । सिमानामा सुटिङ चलिरहेको छ, पारि भारतपट्टि धार्चुला छ, वारी चिसो मौसमले हिउँ परेको भएपनि सुटिङमा कुनै ब्यबधान नभएको थापाले बताइन् ।

यहि तिहारको लक्ष्मीपुजाको दिनमा शुभमुहुर्त गरिएको ‘लक्ष्मी रानी’ बिशुद्ध सामाजिक कथामा आधारित चलचित्र हो । ग्रामिण क्षेत्र र शहरी क्षेत्रका महिलाहरुले जिवन बिताउन भोगेका अलग अलग सघर्षको ब्यथा र धर्म सस्कृतिका बारेमा चलचित्रले आफ्नो कथामा समेट्ने प्रयास गर्ने फिल्म युनिटले जनाएको छ ।

‘लक्ष्मी रानी’ चलचित्रमा शुभेच्छा सहित धिरेन शाक्य, मिथिला शर्मा, नयाँ प्रस्तुतिमा विनोद त्रिपाठी, जयकिशन बस्नेत, भोजपुरी कलाकार परदेशी साह, श्याम राई, पल्पसा डंगोल लगायत कलाकार रहेका छन् ।

हालसम्म कलाकार तथा निर्माता बन्दै आएकी नायिका शुभेच्छाले ‘लक्ष्मी रानी’ चलचित्रबाट पहिलो पटक निर्देशनमा डेब्यु गर्देछिन् । आधा दर्जन चलचित्रमा सहायक निर्देशनमा काम गरेको अनुभवले पनि मैले यो चलचित्रको निर्देशनको भुमिकामा सफल हुने बिश्वास लिएकी छु, उनले भनिन् ।

‘लक्ष्मी रानी’ चलचित्र आगामी ०७६ सालको तिहारमा प्रदर्शनमा आउनेछ ।

तपाईको प्रतिक्रिया