बिहिबार, जेठ ०३, २०८१
Thursday, May 16, 2024

टोकियो-लमजुङ समाज जापानले लमजुङ जिल्लास्थित सर्वोदय सेवा आश्रमका जेष्ठ नागरिक र आदर्श महिला तथा वालविकास केन्द्रका वालवालिकालाई न्यानो कपडा वितरण गरेको छ ।

समाजले राइनस नगरपालिका-८ हर्राबोटमा रहेको आश्रमका जेष्ठ नागरिकहरू र वेसिशहरस्थित आदर्श महिला तथा वालविकास केन्द्रका वालवालिकाहरूलाई कपडा वितरण गरेको हो ।

विभिन्न पेशा तथा व्यवसायले जापान रहेका लमजुङेहरूको संस्था लमजुङ समाजले आश्रममा रहेका ११ जना वृद्धवृद्धालाई ३२ हजार बराबरको डाउन ज्याकेट र आदर्श महिला तथा वालविकास केन्द्रमा रहेका ११ जना बालबालिकालाई २२ हजार बराबरको ट्याक्ट सुट समाजका वरिष्ठ उपाध्यक्ष गुनीमायाँ गुरूङमार्फत हस्तान्तरण गरेको हो ।

नयाँ वर्षको अवसर पारेर कपडा हस्तान्तरण गर्न जानु भएका गुरूङले नयाँ वर्षमा फजुल खर्च गर्नुभन्दा आफ्नै जन्मठाउँमा रहेको आश्रममा सहयोग गर्न उचित लागेर समाजले सहयोग गरेको र यसरी सहयोग गर्न पाउँदा आफूहरूलाई  खुशी लागेको बताउनुभयो ।

त्यसो त सोही अवसरमा समाजका सल्लाहकार तथा गुनीमायाँकी छोरी डिनु गुरूङले पनि नगद सहयोग गर्नुभयो । उहाँले भन्नुभयो-‘विगतका वर्षहरूमा जापानको नयाँ ठाउँ घुमेर नयाँ वर्ष मनाइन्थ्यो तर यसपटक आश्रममा गएर सहयोग गर्न पाउँदा अति नै खुशी लागेको छ ।’ उहाँले अगाडि थप्नुभयो-‘आगामी दिनमा पनि वृद्धवृद्धा र बालबालिकासँग नयाँ वर्ष मनाउन चाहन्छु ।’  गुरुङले आश्रममा रहेका ११ जना वृद्धवृद्धालाई प्रतिव्यक्ति ५ सय रूपैयाँको दरले सहयोग गर्नुभएको हो । ***

तपाईको प्रतिक्रिया