बुधबार, जेठ ०२, २०८१
Wednesday, May 15, 2024

टोकियो – जापान सरकारले अब जापानबाट बाहिर प्रस्थान गर्ने हरेक यात्रुलाई जनही १ हजार येन डिपार्चर ट्याक्स लगाउने भएको छ ।

हवाईमार्ग तथा जलमार्ग भएर जापानबाट बाहिरिने हरेक यात्रुले अब १ हजार येन प्रस्थान शुल्क तिर्नुपर्ने भएको छ ।

जापानी सञ्चार माध्यमहरुले जनाएअनुसार सो सम्बन्धि नीति जापानको ब्यवस्थापिका संसदले गत अप्रिलमा पारित गरेको हो ।

२ वर्षभन्दा मुनि र ट्रान्जिट यात्रुलाई भने सो शुल्क लाग्ने छैन ।

यसरी उठाईएको रकम सन् २०२० मा हुने ओलम्पिक र प्यारा ओलम्पिक जापान आउने पर्यटकहरुका सेवा, सुविधा बढाउन र सुधार ल्याउनमा तथा अन्य भौतिक संरचना बढाउनमा खर्च गरिने भएको छ ।
उक्त नियम यही जनवरी ७ तारिख सोमवारदेखि लागू गरिने भएको छ । सन् २०२० मा करीव ४ करोड पर्यटक जापान आउने जापान सरकारले अपेक्षा गरेको छ ।***

तपाईको प्रतिक्रिया