बुधबार, जेठ ०२, २०८१
Wednesday, May 15, 2024

टोकियो – जापानी सम्राट आकिहिताले अन्तिम पटक नयाँ वर्षको सम्बोधन गर्नुभएको छ । उहाँले आज बिहान राजधानी टोकियोमा ७२ हजार मानिसको माझमा सम्बोधन गर्दै नयाँ वर्षको शुभकामना आदान-प्रदान गर्नुभयो ।द ईम्पेरियल प्यालेसका अनुसार हजारौं मानिसहरु आकिहितोको सम्मानमा कार्यक्रममा उपस्थित भएका थिए । सम्राट आकिहितो आगामी अप्रिल महिनामा स्वेच्छिक अवकाश लिदै हुनुहुन्छ । ८५ वर्षका सम्राट आकिहितोले ३ दशकको शासनपछि अवकाश लिनुहुने भएको हो ।उहाँका जेठा छोरा, राजकुमार नारुहिताे आकिहितोपछि सम्राट बन्नुहुनेछ । आकिहिताेले भन्नुभयो, ‘म मेरो देश र विश्वको शान्ति र खुशीका लागि प्रार्थना गर्दछु । आजको दिनसम्म साथ दिनुभएकोमा सबैलाई धन्यवाद ।’जापानमा सम्राटलाई देशकै मुख्य व्यक्त मानिए पनि प्रशासनिक अधिकार दिइएको छैन । जापानको संविधान १९४७ अनुसार सम्राट तथा राजपरिवारको मूल्य मान्यता बचाउन सम्राट व्यवस्थालाई औपचारिकता दिइएको हो ।

तपाईको प्रतिक्रिया