Deneme Bonusu Veren Siteler
शनिबार, माघ ०५, २०८१
Saturday, January 18, 2025

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

काठमाडौं – २७ पुसबाट प्रदर्शनमा आउने फिल्म ‘चौका दाउ’ युनिट यतिबेला देश दौडाहामा निस्किएको छ । फिल्मको प्रचारप्रसार गर्नुका साथै कलाकारलाई दर्शकसँग साक्षात्कार गराउने उद्देश्यले यो युनिट मोफसल टुरमा निस्किएको हो ।

टुरको पहिलो दिन मंगलबार युनिट ३ नम्बर प्रदेशको राजधानी हेटौडा पुगेको छ ।  सो स्थानमा युनिटले एक पत्रकार भेटघाट कार्यक्रम गर्दै फिल्मको विषयमा समेत जानकारी गराएको छ ।

कार्यक्रममा निर्देशक पुर्णेन्द्रु झाले नेपाली समाजमा हुने गरेको यथार्थ घटना हास्यव्यंङ्ग्यको रुपमा फिल्ममा देखाउन खोजिएको बताए ।  उनले गीत र ट्रेलरबाट राम्रो प्रतिक्रिया आएको जानकारी दिँदै फिल्म हेर्दा बोर फिल नहुने दाबी गरे ।

अभिनेत्री वर्षा राउतले फिल्ममार्फत समाजमा सकारात्मक सूचना दिने कोसिश गरेको बताइन् । आफू ४ कलाकारको दाउमा पर्ने प्रमुख भूमिकामा रहेको उनले सुनाइन् । कलाकार सन्तोष पन्तले लामो समयपछि फिट हुने फिल्ममा  काम गर्न पाएकोमा खुसी लागेको सुनाए ।

फिल्ममा सन्तोष पन्त, तैयव शाह, रविन्द्र झा, विल्सनविक्रम राई, वर्षा राउतको मुख्य भुमिका रहेको छ । शम्भुजित बासकोटाको निर्माण रहेको फिल्म सौर्य प्रोडक्सनको ब्यानरमा निर्माण भएको हो । रोमान्टिक कमेडी जनरा फिल्म बनेको बताइएको छ ।

तपाईको प्रतिक्रिया