सोमबार, बैशाख १७, २०८१
Monday, April 29, 2024

टोकियो – गैर आवासीय नेपाली संघ (एनआरएनए) जापानको आठौं वार्षिक साधारण सभा जनवरी ६ तारिख आइतवारका दिन टोकियोको नाकानो जिरो हलमा हुने भएको छ ।

संघको साधारण सभामा वार्षिक कार्यप्रगति प्रतिवेदन र आर्थिक प्रतिवेदन प्रस्तुत तथा पारित गरिनुका साथै मौजुदा विधानमा समयानुकुल सामान्य संशोधन गरिने कार्यक्रम छ । त्यसका साथै संघको आगामी कार्ययोजनाका बारेमा पनि साधारण सभामा छलफल गरी कार्यदिशा तय गरिने संघका महासचिव बुद्धिराज घिमिरेले समुद्रपारिलाई बताउनुभयो ।
साधारण सभाको सबै तैयारी भईसकेको संघले जनाएको छ ।

जापानका लागि नेपाली राजदूत प्रतिभा राणाको प्रमुख आतिथ्यता एनआरएनए आइसीसीका अध्यक्ष भवन भट्टको विशेष उपस्थितिमा हुन गईरहेको साधारण सभामा विभिन्न क्षेत्रीय समितिका संयोजक तथा प्रतिनिधिहरुको सहभागिता र रिपोर्टिङ रहने बताईएको छ ।
उक्त साधारण सभामा उत्साहजनक सहभागिताका लागि एनआरएन अभियान्ता, ब्यवसायी, बुद्धिजीवी, मिडियाकर्मी, विद्यार्थी लगायत जापानबासी सबै क्षेत्रका नेपालीहरुमा संघका तर्फबाट अध्यक्ष टासी वाङ्दी लामाले अपिल गर्नुभएको छ ।
साधारण सभा नाकानोस्थित नाकानो जिरो हलमा बिहान ११ बजेदेखि हुने संघले जनाएको छ ।
स्मरण रहोस्, विश्वब्यापी एनआरएन अभियानमा स्थापना कालदेखि नै जापानले अग्रमोर्चामा रहेर आफ्नो दरिलो उपस्थिति र नेतृत्व जनाउँदै आएको छ । जसअनुसार एनआरएन जापानको गतिविधि र सक्रियता पछिल्ला समयमा अझ बढेर गएको जानकारहरु बताउंछन् ।***

तपाईको प्रतिक्रिया