आइतबार, जेठ ०६, २०८१
Sunday, May 19, 2024

काठमाडौं –  अभिनेता निखिल उप्रेती अभिनित नयाँ चलचित्र ‘भिलेन’को ट्रेलर रिलिज भएको छ ।

ट्रेलरमा निखिलको फेरी एकपटक एक्सन अवतारलाई देख्न सकिन्छ । मधेस मुख्य बिषय बनाइएको चलचित्रको ट्रेलरमा मायाको लडाईलाई देखाइएको छ । जसमा निखिल मायाको पक्षमा लड्ने भिलेनको रुपमा छन् ।

चलचित्रको ट्रेलरमा अभिनेत्री शिल्पा पोखरेल एक पहाडी युवाको प्रेममा रहेको र परिवार प्रेमलाई स्विकार नगरेपछि निखिल भिलेन बनेको अनुमान लगाउन सकिन्छ । चलचित्रलाई देबेन्द्र राज पाण्डेले निर्देशन गरेका हुन् ।

चलचित्रमा निखिल र शिल्पासँगै निशा अधिकारी, कपिल खत्रीको मुख्य भूमिका रहेको छ । चलचित्रलाई बल बहादुर श्रेष्ठले निर्माण गरेका हुन् भने दिपक श्रेष्ठ, सुरज खड्का र मधु केसी कार्यकारी निर्माताका रुपमा रहेका छन् ।

चलचित्रमा लेखन मौनता श्रेष्ठको रहेको छ । यो चलचित्र पौष २७ गते रिलिजको तयारीमा रहेको छ  ।

तपाईको प्रतिक्रिया