Deneme Bonusu Veren Siteler
आइतबार, माघ ०६, २०८१
Sunday, January 19, 2025

काठमाडौं –  माघ १८ मा रिलिज हुने रणवीरको पहिलो गीत सार्वजनिक गरिएको छ । शनिवार राजधानीमा एक पत्रकार भेटघाटको आयोजना गर्दै फिल्ममा समावेश ’तिरिमिरी तिरिमिरी तिन तारा’ बोलको गीत सार्वजनिक गरिएको हो ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

सार्वजनिक गीतमा राजन राज सिवाकोटी र अन्जु पन्तको स्वर रहेको छ भने यसमा शब्द र सङ्गीत स्वयम् राजनले नै दिएका छन् । केही दिन अगाडी नक्सालको बालमन्दिरमा भव्य सेट लगाएर छायाङ्कन गरिएको गीतलाई रामजी लामिछानेको कोरियोग्राफी गरेका हुन् ।

गीतमा फिल्मका तिन मुख्य कलाकार सुशील सिटौला र डेब्यु गर्ल शुभेच्छा खड्का र सुपुसा भट्ट नेपाली पहिरनमा देखिएका छन् ।

निर्माण पक्षको अनुसार यस गीतको छायाङ्कन झन्डै ४ दिन गरिएको हो भने एक सय पचास भन्दा बढी कोरस प्रयोग गरिएको गीतमा २५ लाख लागत रहेको छ । लभ स्टोरीमा निर्मित फिल्ममा सुशील , सुभेच्छा र सुपुस्पासँगै प्रशान्त ताम्राकार , रवि गिरी, हरिहर शर्मा, नरेश पौडेल लगायतका कलाकारको अभिनय रहेको छ ।

यसमा कथा , पटकथा , संवाद तथा निर्देशन गोविन्द सिंह भण्डारीको रहेको छ । फिल्ममा महेश पौडेलको छायांकन, कृष्ण भण्डारीको सम्पादन, चन्द्र पन्तको द्वन्द, रामजी लामिछाने र सुरेन्द्र बसेलको कोरियोग्राफी छ ।

तपाईको प्रतिक्रिया