काठमाडौं – राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिस्ठान नेपाल उपत्यका समन्वय समिती काठमाडौंको आयोजनामा “छैटौं पृथ्वी राष्ट्रीय लोक दोहोरी अवार्ड ” सम्पन्न भएको छ ।
उपत्यका समन्वय समितिका अध्यक्ष पिएन सापकोटाको अध्यक्षतामा सम्पन्न भएको सो अवार्ड कार्यक्रममा अमर बिरही गुरुङ्ग, प्रजापती पराजुली, नारायण रायमाझी, दुर्गा रायमाझी, पुरुषोत्तम न्यौपाने, चन्द्र शर्मा, रमेशबाबु श्रेष्ठ, राजन लम्साल, पृथ्वी थाकाली, कुमार बस्नेत, जीवन शर्मा, ऋषि अधिकारी, बिमा कुमारी दुरा, सीता थापा, लक्ष्मि न्यौपाने, राजन कुमार हुमागाई, एसपी सापकोटा, बिराज थापा, शशी शर्मा मजगैया लगायत थुप्रै कलाकार र पत्रकारहरुको उपस्थिती रहेको थियो ।
“छैटौं पृथ्वी राष्ट्रीय लोक दोहोरी अवार्ड ” मा राष्ट्रिय भाबको गीतमा कला लम्साल, मेकअप म्यान सम्मान दोर्जे लामा, सर्वोत्कृस्ट लोक दोहोरी रेकडिस्ट सुमन राना, सर्बोत्कृस्ट ध्वनि सम्पादनमा सन्जय श्रीपाल, सङ्गीत संयोजनमा कृष्ण बिक भान्जा, दोहोरी साझ बाध्यबाधकमा प्रीतम थापा मगर, सदाबहार लोक गायिकामा माया गुरुङ, दर्सकका श्रस्टा सम्मानमा ईन्द्र जिसि , लोक सङ्गीत पत्रकारिता पुरस्कारमा नरहरी न्यौपाने, म्युजिक भिडियो कोरस नृत्यमा देबराज सापकोटा, लाईफ टाईम अचिपमेन्ट अवार्डमा अमर बिरहि गुरुङ्ग, पब्लिक च्वाईस अवार्डमा रश्मि तामाङ्ग, एस एम एस च्वाईस अवार्डमा दुर्गा पौडेल, जुरि अवार्डमा महेन्द्र गौतम, छायांकन तर्फ करण चैसिर, सम्पादन तर्फ प्रबिन भट्ट, लोक दोहोरी प्रतियोगी गायक तर्फ अर्जुन खड्का, लोक दोहोरी प्रतियोगी गायिका तर्फ डिला बिक, परम्परागत गीत तर्फ तिर्सना घर्ती, सर्बोत्कृस्ट लोक गीत तर्फ राजु गुरुङ्ग, दोहोरी साझ गायक तर्फ मदन परियार, दोहोरी साझ गायिका तर्फ रन्जिता थापा, सर्वोत्कृस्ट लोक दोहोरी नायक अभिनय तर्फ प्रेम थापा , सर्वोत्कृष्ट लोक दोहोरी नायिका अभिनय तर्फ सारिका केसि, सर्वोत्कृष्ट नायक नृत्य तर्फ शंकर बिसि, सर्वोत्कृष्ट नायिका नृत्य तर्फ करिश्मा ढकाल, नव गायक तर्फ खेम सेन्चुरी, नव गायिका तर्फ भिमु गुरुङ्ग, सर्वोत्कृष्ट शब्द तर्फ रबिन लामिछाने, सर्वोत्कृष्ट लय तर्फ नरेश खाती क्षत्रि , सर्वोत्कृष्ट लोक दोहोरी एल्बम तर्फ सम्झना भन्डारी, सर्वोत्कृष्ट गायक तर्फ खुमन अधिकारी, सर्वोत्कृष्ट गायिका तर्फ देबि घर्ती ईत्यादीले अवार्ड हात पार्न सफल भएका छन् ।
सो अवार्ड कार्यक्रममा प्रीती आले, प्रकाश सपूत, शान्ती श्री परियारले संचालन गरेका थिए । कार्यक्रमको बिच बिचमा गायन तथा नृत्य प्रस्तुतिहरु राखिएको थियो ।
उक्त अवार्ड कार्यक्रममा चर्चित गायक कुलेन्द्र बिकलाई “सालको पात टपरी” गीत युटुबमा सर्वाधिक हेरिएको भनी सम्मान पनि गरिएको थियो ।