सोमबार, बैशाख २४, २०८१
Monday, May 6, 2024

काठमाडौं – बिमल अधिकारी पछिल्लो समयका व्यस्त र चर्चित मोडलका रुपमा चिनिन्छन् । विशेष गरी लोक तथा दोहोरी गीतमा एकपछि अर्को फरकपन दिने सर्जकका रुपमा पनि उनी चिनिन्छन् । यस्ता थुप्रै गीत छन् जो दर्शक स्रोताले अत्याधिक मन पराएका छन् ।

यसैक्रममा १ सय वर्ष पुरानो माया प्रेमलाई आधार बनाएर तयार पारिएको जाले रुमाल धुम्ला मायालु बोलको गीत बजारमा आएको छ । जुन गीतमा शब्द बिमल अधिकारीको छ । बिष्णु माझी र दुर्गा विसीको आवाज रहेको छ ।

कपिल लामाले निर्देशन गरेको गीतमा अधिकारी र सारिका के.सीको जिवन्त अभिनय देख्न सकिन्छ । भावना म्युजिक प्रा.लीले बजार व्यवस्थापन गरेको गीत म्युजिक नेपालको युटुव च्यानलमार्फत बजारमा आएको हो ।

अधिकारीका यसअघिका मर्ने मिती, सुन सबैले सुन लगायतका थुपै गीत जस्तै यो गीतले पनि दर्शक स्रोताको मन जित्न सफल होस । समुद्रपारी डटकमको तर्फबाट शुभकामना ।

तपाईको प्रतिक्रिया