बिहिबार, बैशाख २७, २०८१
Thursday, May 9, 2024

टोकियो – जापानबाट नेपाल लगायत संसारभर रेमिट्यान्स कारोबार गरिरहेको जापान रेमिट फाइनानस (जेआरएफ) ले इकेबुकुरोपछि आफ्नो अर्को शाखा विस्तार गरेको छ ।

जापानको साइतामा केनस्थित खावागुची सिटीको खावागुची स्टेसन नजिकै नयां कार्यालयको आईतबार एक औपचारिक कार्यक्रमका बीच उदघाटन गरिएको छ ।

शाखा बिस्तार कार्यक्रममा जेआरएफबाट पैसा पठाएमा नेपाल अधिराज्यभरिकै बैंकमा जम्मा गर्न सकिने जानकारी गराईएको थियो । नेपालका सम्पूर्ण बैंकमा बैंक
डिपोजिट र नेपालका ९ हजारभन्दा बढी एजेन्टबाट रकम भुक्तानी लिन सकिने कम्पनीका नेपाल डिभिजन प्रमु्ख ॠषि आचार्यले बताए । उनले कम्पनीले हालसालै सञ्चालनमा ल्याएको ब्ल्याक कार्ड र रेड कार्डबारे पनि जानकारी दिए । उनले रेड कार्डमार्फत् ग्राहकले आफैंले जेपी बैंकमार्फत् आफूले चाहेको व्यक्तिलाई रकम पठाउन सकिने जानकारी दिए । ग्राहकको मागलाई ध्यान दिँदै खावागुचीमा पनि जेआरएफको शाखा बिस्तार गरेको खावागुची शाखा म्यानेजर ईश्वर भट्टराईले जानकारी दिए ।

भट्टराईले लामो समयदेखि राम्रो सेवा प्रदान गर्दै आएको जेआरएफले छिटो, छरितो र विश्वासिलो ढंगबाट सेवा प्रवाह गरिरहेको दावी गर्दै जेआरएफ उच्च दर र राम्रो सेवाका कारण जापानमा रहेका प्रवासी नेपाली ग्राहकबीच लोकप्रिय रहेको बताए ।

जापान रेमिट फाइनान्स (जेआरएफ) को आफ्नै कम्पनी भियतनाम फिलिपिन्स, मलेसिया, बाङ्लादेश र कोरियामा पनि रहेको छ । छिट्टै नै युरोपियन देशहरूमा पनि यसको शाखा खोलिने कुरा सोही कार्यक्रममा जानकारी गराईएको थियो । ***

तपाईको प्रतिक्रिया