बिहिबार, बैशाख २७, २०८१
Thursday, May 9, 2024

टोकियो -­­ अघिल्लो महिना जापानमै निधन हुनुभएका स्वर्गिय यदुप्रसाद भट्टको स्मृतिमा यहि आउँदो शनिबार टोकियोमा श्रद्धाञ्जली सभा हुने भएको छ ।

एनआरएनएका अध्यक्ष भवन भट्टका पिता यदुप्रसाद भट्टको उपचारकै क्रममा गत महिनाको २५ तारिख जापान रेडक्रस हस्पिटल टोकियोमा निधन हुनुभएको थियो । उहांको नेपालमा अन्तिम दाहसँस्कार गरिएको थियो ।

उहाँप्रति अन्तिम श्रद्धाञ्जली अर्पण गर्न यहि डिसेम्वर १५ तारिख शनिबारका दिन श्रद्धाञ्जली सभाको आयोजना गरिएको हो ।उक्त दिनको अपरान्ह १२ बजे आओयामा सोगिशोमा श्रद्धाञ्जली सभा हुने बताईएको छ ।
श्रद्धाञ्जली सभा हुने स्थानको ठेगाना : Tokyo-To, Minato-ku, Minami Aoyama 2-33- 20

तपाईको प्रतिक्रिया