Deneme Bonusu Veren Siteler
आइतबार, माघ ०६, २०८१
Sunday, January 19, 2025

काठमाडौँ –  नृत्य मार्फत नेपाल र कोरियाबीच सांस्कृतिक आदानप्रदान गर्ने उद्देश्यले काठमाडौँमा ‘कोरियन पप कभर डान्स प्रतियोगिता–२०१८’ हुने भएको छ । काठमाडौँको जमलस्थित राष्ट्रिय नाचघरमा यही मङ्सिर २८ गते दिउँसो १ बजे हुने प्रतियोगितामा २६ समूहबीच प्रतिस्प्रर्धा हुने छ ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

‘स्ट्रकपप’ को आयोजना, युवा फर चेञ्जको सहकार्य र ‘द इन्भिन्सिभल इभेन्ट्स एण्ड म्यानेजमेन्ट’ को व्यवस्थापन रहेको सो प्रतियोगिताको पहिलो चरणमा देशका पाँच मुख्य शहर बुटवल, नारायणगढ, धरान, पोखरा र काठमाडौँबाट कूल १५० समूहबाट २६ समूह प्रतियोगी छनोट गरिएको थियो ।

प्रतियोगितामा प्रथम हुनेलाई रु ३०,०००, दोस्रो हुनेलाई रु २०,००० र तेस्रो हुनेलाई रु १०,००० पुरस्कारको व्यवस्था गरिएको ‘स्ट्र««कपप’ का संस्थापक कार्यकारी निर्देशक सुरेश मोक्तानले जानकारी दिनुभयो ।

प्रतियोगितामा उत्कृष्ट पोशाक पहिरन र एकल नृत्यलाई पाँच/पाँच हजार राशिको पुरस्कारको व्यवस्था गरिएको युवा फर चेञ्जका अध्यक्ष जागृत पहाडीले जानकारी दिनुभयो ।

‘स्ट्रकपप’ एउटा कोरियन नृत्य समूह हो । यो सन् २०१५ मा गठन भएको हो । यसले गठन भएदेखि हालसम्म कोरियन नृत्यसम्बन्धी विभिन्न गतिविधि गर्दै आएको छ । यसले देशभित्र मात्र नभई अन्तर्राष्ट्रियस्तरमा हुने विभिन्न कोरियन पप नृत्यमा समेत प्रतिनिधित्व गर्दै आएको छ ।

त्यसैगरी विसं २०७० मा स्थापना भएको युवा फर चेञ्जले विभिन्न जिल्लामा युवा लक्षित कार्यक्रम गर्दै आएको छ ।

तपाईको प्रतिक्रिया