मंगलबार, बैशाख २५, २०८१
Tuesday, May 7, 2024

काठमाडौं –  सुपर हिट गीत ‘साइँली’मा आधारित रहेन निर्माण भएको चलचित्र ‘साइँली’को पहिलो गीत सार्वजनिक भएको छ । ‘साइँली’ गीतका गायक तथा यस चलचित्रका निर्माता समेत रहेका हेमन्त रानाको जन्मदिनको अवसरमा गीत सार्वजनिक गरिएको हो ।

आइतबार राजधानीमा आयोजित कार्यक्रममा चलचित्रका सम्पूर्ण कलाकारको बिचमा गीत सार्वजनिक गरिएको हो । ‘नाच माया’ बोलको गीतमा सुशान्त गौतमको सङ्गीत, हर्क साउँदको शब्द तथा गायक हेमन्त रानाको स्वर रहेको छ ।

गीतको भिडियोमा चलचित्रका मुख्य कलाकार दयाहाङ राई, गौरव पहारी, मेनुका प्रधान, केनिपा सिंहले नृत्य गरेका छन् । भिडियोमा बिहेको माहौललाई देखाइएको छ ।बैदेशीक रोजगारीको कथामा निर्माण भएको चलचित्रलाई समाजिक कथावस्तुलाई पर्दामा उतार्न सफल निर्देशक रामबाबु गुरुङले निर्देशन गरेका हुन् ।

चलचित्रलाई गायक हेमन्त राना र नायक गौरव पहारीले मिलेर निर्माण गरेका हुन् । कार्यक्रममा हेमन्त उपस्थित नहुदा आफुलाई अधुरो महसुस भएको गौरव बताउछन् । ‘हेमन्तको आज जन्मदिन , उसलाई उपहार स्वरुप हामीले गीत रिलिज गरेका हौँ ।

हेमन्त नहुदा आधा भएको जस्तो महसुस भइरहेको छ । ’ कार्यक्रममा बोल्दै गौरव भन्छन् । हमेन्त हाल अमेरिकामा छन् । जिएच इन्टरटेनमेन्टको व्यानरमा निर्माण भएको चलचित्रमा दयाहाङ, गौरव, मेनुका, केनिपाको अलावा माओत्से गुरुङ, प्रकाश घिमिरे, अरुणा कार्की लगायतका कलाकारको अभिनय रहेको छ ।

विशाल गुरुङ र मोहन राना मगरको लगानी रहेको साइँलीमा  बिजय अवाले, विकाश पुजास, सुवेच्छा केसी सह निर्माताको रुपमा रहेका छन् । भने मणिराम पोखरेल यसका कार्यकारी निर्माता हुन् ।

तपाईको प्रतिक्रिया