Deneme Bonusu Veren Siteler
आइतबार, माघ ०६, २०८१
Sunday, January 19, 2025

चितवन – पूर्वी चितवनमा जारी खैरहनी महोेत्सवको तेश्रो दिन विद्यालयस्तरीय नृत्य प्रतियोगिता भएको छ । पहिलो चरणबाट छनौट भएका १० वटा विद्यालयबीच प्रतिस्पर्धा भएको हो । प्रतिस्पर्धाबाट ६ वटा विद्यालय फाईनलमा प्रवेश गरेको छ ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

प्रतिस्पर्धाबाट आईरिस एकेडेमी,मदरल्याण्ड एकेडेमी पर्सा,एन्जल्स वल्र्ड टाँडी,सैनिक आवासीय मावि,डेजी इंग्लिस वोडिङ स्कुल र नेपाल आर्दश शिक्षा सदन फाईनलमा प्रवेश गरेको महोत्सवका कला तथा सास्कृतिक व्यवस्थापन समितिका संयोजक अर्जुन लम्सालले जानकारी दिनुभयो ।

फाईनल मंसिर २३ गते हुनेछ ।

यस्तै महोत्सवको तेश्रो दिन मंगलवार भएको कुस्ती प्रतियोगिताबाट नेपालका जुग्नु थापा सेमीफाईनलमा प्रवेश गरेका छन् ।

भारतका गव्वर र राजुलाई पराजीत गर्दै नेपाल रुपन्देहीका थापा सेमीफाईनलमा प्रवेश गरेका हुन् । सेमीफाईनलको खेल बुधवार तथा फाईनल विहीवार हुने सास्कृतिक समिति संयोजक लम्सालले बताउनुभयो ।

उद्योग वाणिज्य संघ खैरहनी र खैरहनी नगरपालिकाको सयुक्त आयोजनामा जारी महोत्सवमा मंगलवार हास्यकलाकारहरु पाँडे र जिग्रीको हास्यप्रहसन रहेको थियो भने लोकदोहोरीमा स्थानीय गायिका सिता कडेंल र शिशिर तिल्सीनाको प्रस्तुती रहेको थियो ।

 

हास्य प्रहसनमा जिग्री र पाण्डेको प्रस्तुतीमा दर्शकहरु पेट मिचिमिची हासेको देखिन्थ्यो ।बुधवार लोकदोहोरी गायक प्रकास सपुत र गायिका शान्तिश्री परियार तथा लोकदोहोरी गायक मिलन लामाको प्रस्तुती रहने आयोजकले जनाएको छ ।

महोत्सवको तेश्रो दिन सम्म करिव १५ हजार दर्शकले अवलोकन गरेको संघका महासचिव कुमार खनालले जानकारी दिनुभयो ।  समग्र पूर्वी चितवनको कृषि,पर्यटन,उद्योग,संस्कृतिको विकास गर्ने उदेश्यका साथ आयोजित महोत्सव यही मंसिर २४ गते सम्म चल्ने छ ।

तपाईको प्रतिक्रिया