मुम्बई – बलिउड नायिका आलिया भट्ट र रणबीर कपुरको विवाहका लागि उनीहरुका शुभचिन्तकले लामो समय पर्खिनुपर्ने भएको छ । आफ्नो विवाहलाई लिएर मिडियासँगको कुराकानीमा छोटो जवाफ दिएकी छन् ।
केही भारतीय ससञ्चारमाध्यमले आलिया भट्ट नायक रणबीर कपुरसँग सन् २०१९ मा विवाह बन्धनमा बाँधिन लागेको खबर प्रसारण गरेका थिए । तर आलियाले उनको विवाहलाई लिएर गरिएका सबै अट्कलबाजी खारेज गरिदिएकी छन् ।
लक्स गोल्डन रोज अवार्डस्–२०१८ को अवसरमा सञ्चारमाध्यमसँग भनिन्, ‘यदि मानिसहरु मेरो विवाहको पखाईमा छछन् भने यसका लागि अझै पर्खिनुपर्छ । मलाई लाग्छ कि क्लाइमेक्स राम्रो हुनु पर्छ र ह्याप्पी इन्डिङ हुनुपर्छ ।’
कुराकानीका क्रममा आलियाले जोधपुरमा हुने प्रियंका चोपडा र निक जोन्सबीचको विवाहमाथि प्रनि प्रतिक्रिया दिइन् । उनले भनिन्, ‘म प्रियंकाको विवाहलाई लिएर धेरै खुसी छु । म प्रियंकालाई विवाहको पहिरनमा हेर्न उत्सुक छु । उनी एक सुन्दर दुलही हुनेछिन् ।’
आलिया र रणबीरबीच लामो समयदेखि अफेयर रहेको बताइन्छ । दुवै जना सोनम कपुर र आनन्द आहुजाको विवाहको रिसेप्शनमा एक अर्काको हात समातेर आएका थिए । उनीहरु फिल्म ‘ब्रम्हास्त्र’ मा पनि सँगै देखिनेछन् ।
अयान मुखर्जीले निर्देशन गरेको यो फिल्म आगामी सन् २०१९ को १५ अगस्टमा रिलिज हुनेछ । जसमा अमिताभ बच्चनको पनि भूमिका रहेको छ ।