शनिबार, बैशाख १५, २०८१
Saturday, April 27, 2024

टोकियो – एशिया प्यासिफिक आर्थिक सहयोग संगठन (एपेक) को शिखर बैठक आइतवार सकिएको छ ।

शिखर बैठकको समापन पश्चात संयुक्त बक्तब्य भने जारी हुन नसकेको बताईएको छ ।अमेरिका र चीन बीचको ब्यापारिक असहमतिका कारण संयुक्त बक्तब्य जारी हुन नसकेको अधिकारीहरुले बताएका छन् ।

पपुआ न्यू गिनीका प्रधानमन्त्री पिटर ओ निलको अध्यक्षतामा भएको सो शिखर बैठकमा बिश्व ब्यापार संगठनको सुधार सम्बन्धि मुक्त ब्यापार बिषयले प्रवेश पाएलगत्तै दुई शक्तिशाली राष्ट अमेरिका चीनबीच मत बाझिएको थियो ।
क्यानडाका प्रधानमन्त्री जस्तिन टुडोले बैठककका क्रममा बिश्व ब्यापार सम्बन्धमा मतभेद भएपछि नेताहरुबीच बक्तब्य निकाल्ने बारे सहमति जुट्न नसकेको बताए ।

एनएचकेका अनुसार संयुक्त बक्तब्य जारी नहुनुले अमेरिकाको संरक्षणवादी नीतिका कारण बहुपक्षिय मुक्त ब्यापार प्रणाली मजबुतका लागि समन्वयकारी स्थिति बनाउन मुश्किल हुने संकेत गरेको नेताहरुले बताएका छन् ।***

तपाईको प्रतिक्रिया