Deneme Bonusu Veren Siteler
आइतबार, माघ ०६, २०८१
Sunday, January 19, 2025

काठमाडौं – पछिल्लो समयमा रुचाइएका र व्यस्त बनेका गायक मोहन खड्का र सन्ध्या बुढा अर्थात काउली बुढीको आवाजमा रहेका गीत एकपछि अर्को गर्दै बजारमा आईरहेका छन् । जुन गीतहरु दर्शक स्रोताले धेरै नै रुचाइएका पनि छन् ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

“बर्खा लाग्यो असिना र झरी” बोलको गीतबाट सुरु भएको उनीहरुको सहयात्रामा अहिले सम्म थुप्रै गीत बजारमा आइसकेका छन् । जसमा “फुलको थुँगा”, “टाढा हुँदैछु” , “हावा सरर “ बोलका गीत अत्याधिक रुचाइएका गीतहरु हुन् ।

खासगरी पछिल्लो समय सन्ध्या अर्थात काउली एपीवान टेलिभिजनबाट प्रसारण हुने नेपाल आइडलमा सहभागी भएपछि त भाईरल नै भएकी थिईन् । त्यसपछि अझैं उनको व्यस्तता पनि बढेको छ । यसैक्रममा शुक्रवार मात्र “मैलो रिबन” बोलको गीत बजारमा आएको छ ।

जुन गीत एकदमै आसा गरिएको गीत हो भनेर निर्माण पक्षले जानकारी दिएको छ । मोहन र सन्ध्या कै आवाजमा रहेको गीतमा बिष्णु खवास एकलको शब्द रहेको छ भने संगीत स्वयम गायक खड्काको नै छ ।

भावना म्युजिक प्रा.लीले बजार व्यवस्थापन गरेको गीतको म्युजिक भिडियो कपिल लामाले निर्देशन गरेका छन् भने विमल अधिकारी र सारिका के.सीको जिवन्त अभिनय देख्न सकिन्छ । गीतमा राम्रो प्रतिक्रिया पनि आईरहेको छ । सबैलाई रुवाउने खालको गीत बनेको छ भन्ने प्रतिक्रिया आएका छन् ।

यसअघिका गीतहरुले जस्तै यो गीतले पनि सफलता प्राप्त गर्ने आस गरेको निर्माण पक्षलाई सफलता मिलोस । समुद्रपारी डटकमको तर्फबाट शुभकामना ।

 

तपाईको प्रतिक्रिया