आइतबार, जेठ ०६, २०८१
Sunday, May 19, 2024

काठमाडौं –  पाँच करोड लगानीमा निर्माण भएको चलचित्र ‘द म्यान फ्रम काठमाण्डू’को अफिसियल ट्रेलर सार्वजनिक भएको छ ।

नेपालमा बनेको पहिलो हलिउड चलचित्रको ट्रेलर हालै युट्युब मार्फत सार्वजनिक गरिएको हो । यो चलचित्र नेपाल र लस–एन्जलसमा छायाङ्कन गरिएको थियो । आइतबार अमेरिकाको सिकागोमा आयोजित नेपाली नेसनल कन्भेन्सन २०१८ समारोहमा ट्रेलर–पोस्टर सार्वजनिक गरिएको थियो ।

थिम पोतिएको पोस्टरमा चलचित्रका एक मुख्य पात्रको अनुहारलाई मुकुन्डोले छोपिएको छ । पृष्ठभूमिमा नेपाली ऐतिहासिक सम्पदा देख्न सकिन्छ । निर्माताले हलिउड, बलिउड र नेपालमा एकैसाथ चलचित्र रिलिज गर्ने तयारीमा आफूहरू जुटेको बताए ।

क्यूएफएक्स सिनेमाज् प्रमुख समेत रहेका निर्माता नकिम उद्दिन अहिले अमेरिकामा छन् । यो चलचित्रका निर्देशक पेमा धोन्डुप हुन् । चलचित्रले अतिवादी सोच भएको एक हिन्दु–मुस्लिम युवकको मनोवैज्ञानिक र भौतिक यात्राको कथा भन्छ ।

चलचित्र अमेरिकी अभिनेता जोसे म्यानुअल, बलिउड अभिनेता गुल्सन ग्रोवर, पाकिस्तानी अभिनेता हमिद शेख, नेपालबाट नीर शाह, आना शर्मा, शिशिर बाङ्देल, कर्म शाक्य, आमिर गौतम लगायतको अभिनय रहेको छ ।

चलचित्रमा कार्लोस मेडिनाको छायाङ्कन, एरिक कारखेकको सम्पादन, हरि पिलाइको ध्वनि, जोसे म्यानुअलको स्टन्ट कोरियोग्राफी रहेको छ ।

तपाईको प्रतिक्रिया