आइतबार, जेठ ०६, २०८१
Sunday, May 19, 2024

काठमाडौं – गायक महेश काफ्लेको ‘नाच फिरिरी’ ले युट्युबमा कीर्तिमान कायम गरेको छ । ‘नाच फिरिरी’ युट्युबमा अपलोड भएको ३७ दिनमै एक करोडपटक हेरिने गीतको पहिलो नम्बर सूचीमा परेको छ ।

सबैभन्दा छोटो समयमा ‘नाच फिरिरी’ एक करोड पटक हेरिने गीतको सूचीमा परेको हो । अहिले सम्मको नेपाली गीतहरूमा सर्वाधिक हेरिएको गीत ‘कुटुमा कुटु’ ले ४९ औं दिनमा करोड क्लबको खाता खोलेको थियो ।

त्यस्तै यसअघि भाइरल भएको हेमन्त रानाको गीत ‘सुन साइँली’ले दुई महिनामा एक करोड भ्युज पाएको थियो । ‘नाच फिरिरी’ मा नायिका स्वस्तिमा खड्का र निश्चल बस्नेतका साथमा प्रकाश घिमिरे र क्रिस्टल क्लाउज डान्स क्रिउ अभिनय रहेको छ ।

गीतमा गायनका साथै संगीत तथा गीतकार महेश काफ्ले हुन् । काफ्ले ‘सानीमा मार्देऊ बरु बगाइदेऊ पानीमा’, ‘जुवा तासैले’, ‘सडक बालक’ जस्ता सामाजिक सन्देशमूलक गीत गाएर लोकप्रिय भइसकेका बालगायक हुन् ।

तपाईको प्रतिक्रिया