आइतबार, जेठ ०६, २०८१
Sunday, May 19, 2024

काठमाडौं –  यो बर्षको प्रतिक्षित चलचित्रको रुपमा हेरिएको चलचित्र ‘इन्टु मिन्टु लण्डनमा’को ट्रेलर सार्वजनिक भएको छ ।

अभिनेत्री साम्राज्ञी राज्य लक्ष्मी शाह र नव नायक धिरज मगरको मुख्य भूमिका रहेको चलचित्रको ट्रेलर मंगलबार युट्युब मार्फत सार्वजनिक गरिएको हो । सार्वजनिक ट्रेलरमा साम्राज्ञी र धिरजबिचको प्रेम, बिछोड र रोमान्सलाई देखाइएको छ ।

त्यस्तै चलचित्रका अर्का कलाकार शारुख ताम्राकार आर्मीको भूमिकामा देखिएका छन् ।

चलचित्र ‘इन्टु मिन्टु लण्डनमा’लाई रेनशा वान्तवा राईले निर्देशन गरेकी हुन भने प्रभु शम्शेर जबरा र प्रज्जबल शमशेर जबराले निर्माण गरेका हुन् । चलचित्रमा सुस्मिता जिरेल, सुलेखा राई र बसन्त तामाङ सह(निर्माताका रुपमा रहेका छन् ।

यहि आँउदो असोज ५ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्रमा साम्राज्ञी, धिरज र शारुखको अलावा विजय लामा, अर्जुन श्रेष्ठ, दिल भुसण पाठक, रुबी राणा शाह, बिबेक लिम्बु, सुनिता ठाकुर श्रेष्ठ, सुनिशा बजगाई, मेलिशा गुरुङ, जेमिमा टोम्स, एन्ड्रेउ मुलान लगायतका कलाकारको अभिनय रहेको छ ।

तपाईको प्रतिक्रिया