Deneme Bonusu Veren Siteler
आइतबार, माघ ०६, २०८१
Sunday, January 19, 2025

काठमाडों  – भदौ १ गतेबाट प्रदर्शन हुने प्रतिक्षित फिल्म जय शम्भुको ट्रेलर सार्वजनिक भएको छ । फिल्म जय शम्भु निर्माण टिमले आइतबार ट्रेलर सार्वजनिक गरिएको हो ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

ट्रेलरमा पछिल्लो समय निकै चर्चामा रहेको कलाकारद्धय प्रशान्त ताम्राकार र अनुप विक्र शाहीको टकराबलाई देखाइएको छ । फिल्मको ट्रेलर पूर्ण एक्शन फ्लेवरमा सार्वजनिक गरिएको छ ।

यस अघि फिल्मको टिजर र गीत सार्वजनिक गरिएको थियो । टिजर र गीतबाट फिल्मको प्रचार तीव्र भएको छ । अनुप विक्रम शाही र प्रशान्त ताम्राकार एउटै फिल्ममा देखिएको कारण पनि फिल्मप्रति दर्शकको आशा थपिएको हो ।

फिल्म ऐश्वर्य पछि प्रशान्तको जय शम्भु दोस्रो फिल्म हो ।

ट्रेलरमा प्रशान्त र अनुपको अलावा वर्षा सिवाकोटी पनि फिचरिङ छिन् । अनुमानित गरिएको समय र बजेट भन्दा निकै गुणा बढी बजेटमा तयार भएको जय शम्भु एक्शन लभ स्टोरी फिल्म हो ।

एक्शनको पार्टबाट फिल्मले केही नयाँपन दिन खोजिएको फिल्मका निर्देशक रुपेश तामाङले बताएका छन् ।  दिनेश शाही प्रस्तुत कर्ता रहेको जय शम्भुमा अरविन्द्रमान शाक्य निर्माताको रूपमा रहेका छन् भने चक्र पाख्रिन कार्यकारी निर्माताको रूपमा रहेका छन् ।

यस्तै सह निर्माताहरू कुशल शर्मा र शिक्षा काफ्ले हुन् । फिल्मलाई रुपेश तामाङले निर्देशन गरेका हुन् । फिल्ममा हरि घले लामाको छायाङ्कन, श्री श्रेष्ठको एक्शन, टङ्क बुढाथोकीको सङ्गीत, बनिश शाहको सम्पादन, रामजी लामिछानेको नृत्य रहेको छ ।

फिल्ममा  प्रशान्त, अनुप र वर्षासँगै रोशन महर्जन, करुणा पाण्डे, रश्मि भट्ट, वसन्त भट्ट, राज कुमार थापा, कालु राना आदिको मुख्य भूमिका रहेको छ । फिल्मलाई राजधानीमा बिके फिल्मका गोपाल काजी कायस्थ र काठमाडौँ बाहिर एफडि कम्पनीले वितरण गर्ने भएका छन् ।

ट्रेलर सार्वजनिकसँगै फिल्मका निर्माण टिमले राजधानी र राजधानी बाहिरको लागि फरक फरक प्रचार कार्यक्रम तय गरिएको छ । देशैभर ९० भन्दा बढी हलहरूबाट फिल्म जय शम्भु रिलिज हुन लागिएको वितरक कम्पनीले जनाएको छ ।

तपाईको प्रतिक्रिया