काठमाडौं – बलिउडमा बक्स अफिसमा हुने व्यापारका आधारमा फिल्म हिट या फ्लप भनेर धारणा बनाइन्छ । फिल्म राम्रो होस् या नहोस्, त्यसले गर्ने कमाइलाई नै सफलता र असफलताको मापन मान्ने गरिएको छ । बलिउडका पाँच सुपर स्टार, जसका सबैभन्दा धेरै फिल्म सय करोड क्लबमा प्रवेश गरेका छन्, यसबारे भारतीय अनलाइनले रिपोर्र्ट प्रस्तुत गरेका छन् :
अक्षयकुमार
अर्का सुपरस्टार अक्षयकुमारका अहिलेसम्म आठवटा फिल्म सय करोडमा परेका छन् । उनको ‘हाउसफुल २’, ‘राउडी राठौर’, ‘होलिडे’, ‘एयरलिफ्ट’, ‘रुस्तम’, ‘हाउसफुल ३’, ‘जोली एलएलबी’ र ‘ट्वाइलेट एक प्रेमकथा’ सय करोड क्लबमा पुगेका फिल्म हुन् । उनी वर्षमा तीन–चारवटा फिल्म खेल्छन् । यस वर्ष पनि उनका ‘गोल्ड’, ‘२.०’ र ‘केशरी’ प्रदर्शन हुनेछन् ।
अजय देवगण
अजय देवगण अभिनीत ६ वटा फिल्म सय करोड क्लबमा परेका छन् । उनका ‘गोलमाल’, ‘सिंघम’, ‘बोल बच्चन’, ‘सन अफ सरदार’ ‘सिंघम रिटन्र्स’ र ‘शिवाय’ले सय करोडभन्दा बढीको व्यापार गरेका छन् ।
आमिर खान
मिस्टर पर्फेक्सनिस्ट आमिर खानका पाँचवटा फिल्म सय करोड क्लबमा पुगेका छन् । उनका प्रायः फिल्म सय करोड क्लबमा प्रवेश गरेका छन् । खासगरी ‘गजनी’, ‘३ इडियट्स’, ‘धुम ३’, ‘पिके’, र ‘दंगल’ सय करोडमा समावेश फिल्म हुन् । अब उनको ‘ठग्स हिन्दुस्तान’ प्रदर्शनको तयारीमा छ ।
शाहरुख खान
बलिउडका किङ खान भनिने शाहरुखका सात फिल्म सय करोड क्लबमा परेका छन् । उनका ‘रा–वन’, ‘डन–२’, ‘जब तक है जान’, ‘चेन्नई एक्सप्रेस’, ‘ह्याप्पी न्यु इयर’, ‘दिलवाले’ र ‘रइस’ ले सय करोडभन्दा बढीको व्यापार गरेका हुन् । अब उनको ‘जिरो’ प्रदर्शन हुने तयारीमा छ ।
सलमान खान
बक्स अफिसमा सबैभन्दा बढी फिल्म सय करोडमा परेका हिरो हुन्, सलमान खान । उनका ‘दबंग’, ‘बडीगार्ड’, ‘एक था टाइगर’, ‘दबंग २’, ‘जय हो’, ‘किक’, ‘बजरंगी भाइजान’, ‘प्रेम रतन धन पायो’, ‘सुल्तान’ र ‘ट्युबलाइट’ गरी ११ पटा फिल्म सय करोड क्लबमा पुगेका छन् । अब उनको ‘लवरात्रि’ र ‘भारत’ प्रदर्शनको तयारीमा छन् ।