Deneme Bonusu Veren Siteler
आइतबार, माघ ०६, २०८१
Sunday, January 19, 2025

टोकियो – विगत दुई दशकदेखि अनवरतरुपमा साँगीतिक साधनामा लागिपर्दै आएका गायक तथा संगीतकार रामकृष्णबम मल्लको टोकियोमा ’एकल साँगीतिक साँझ’ हुने भएको छ ।

पछिल्लो एक दशकदेखि जापानलाई कर्मथलो बनाउँदै आएका गायक मल्लको साँगीतिक एकल साँझको तिब्र तैयारी भईरहेको आयोजक स्रोतले जनाएको छ ।

नेपाली कला, सँस्कृति, गीत, संगीतको माध्यमबाट जापानी समुदायबिच नेपालको चिनारी बढाउने र दुई देशबिच रहीआएको साँस्कृतिक सम्बन्धलाई जनस्तरसम्म पुर्‍याउने एवं जापानी नागरिकलाई नेपाल भ्रमणका लागि प्रेरित गरी देशको पर्यटन प्रबर्द्धनमा टेवा पुर्‍याउने मुलभूत उद्देश्यले उक्त कार्यक्रमको आयोजना गर्न लागिएको बताईएको छ ।

कलाकार कल्याणकारी अक्षष कोष नेपालको सहयोगार्थ आयोजना हुन लागेको सो कार्यक्रम आगामी अक्टोबर २ तारिख मंगलबारका दिन अपरान्ह ४:३० बजेदेखि मेगुरो कुमिन सेन्टरमा हुने भएको हो ।

कलाकारहरुलाई भैपरी आउने आकस्मिक बिपत्तिमा राहत सहयोग दिलाउने उद्देश्यले वि. सं. २०६२ सालमा स्थापित ‘कलाकार कल्याणकारी अक्षय कोष’ मा हालसम्म ७० लाख रुपैंयाँ जम्मा भईसकेको र यसवर्षभित्र एक करोड पुर्‍याउने लक्षअनुसार देश तथा विदेशमा विभिन्न साँगीतिक कार्यक्रमहरुको आयोजना गरिने योजना अनुसार उक्त एकल साँझ कार्यक्रम गर्न लागिएको गायक मल्ले समुद्रपारिलाई बताए ।

कार्यक्रममा गायक मल्लको विगत दुई दशकदेखिको साँगीतिक यात्रा र जापान बसाईको क्रममा सिकेका, भोगेका र संगालेका यस क्षेत्रका अनुभवहरुको एकमुष्ट प्रस्तुती सहित उच्च प्रविधिको प्रयोग गरी नितान्त पृथक र नयाँ शैलीको कार्यक्रम हुने आयोजकको दावी छ ।

एउटै रंगमञ्चमा कार्यक्रम अवधिभर सुरुदेखि अन्तमसम्म नेपाली तथा जापानी वाद्यवादकहरुको संयुक्त लाइभ कार्यक्रम रहने छ । बाद्यबादकहरुमा तबला र मादलमा ऋषि पौडेल, सारङ्गीमा मनबहादुर थापा, बाँसुरीमा खडक पुन, ढोलकमा उत्तम बिक, अक्टोप्याडमा भरत सुनार रहने छन् भने हार्मोनियममा स्वयम गायक मल्ल रहनेछन् । यसैगरी जापानी वाद्यवादकहरुमा लिड गितारमा शिगेयुकी कोनिता, बेस गितारमा तारो इरिइय, किबोर्डमा मासामी इशियामा, प्रकसनमा बुन्ता ताकेमुरा रहने छन् ।

कार्यक्रममा अतिथि कलाकारकोरुपमा जापानी गायिकाद्वय आओइ सानो र इरी कावामुराको प्रस्तुति रहने छ भने गायक मल्ललाई गायिकाद्वय सोना केसी र सीता पुनले साथ दिनेछन् ।

जापानमा पहिलो पटक आयोजना हुन लागेको फरक शैलीको उक्त कार्यक्रमलाई सफल बनाउन सम्बन्धित सबै क्षेत्रबाट बिभिन्न ढंगले सहयोग र सहकार्य गरिदिन कार्यक्रम मुल आयोजक समितिका संयोजक डिपी कँडेल अपिल गरेका छन् ।

गायक मल्लको एकल साँझ कार्यक्रमको सहआयोजकमा बागलुङ समाज जापान, गल्कोट स्पोर्ट क्लब जापान, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान जापान शाखा, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज जापान र दर्शन समाज जापान रहेका छन् । उक्त एकल साँझ कार्यक्रममा दिप वे फाउण्डेशनको प्रमुख प्रायोजन रहने भएको छ । ***

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया