Deneme Bonusu Veren Siteler
आइतबार, माघ ०६, २०८१
Sunday, January 19, 2025

नयाँ दिल्ली – रणवीर कपुर अभिनीत सञ्जय दत्तको बायोपिक फिल्म ‘सञ्जु’ ले यतिबेला भारतीय बक्स अफिसमा उत्कृष्ट कमाइ गरिरहेको छ। रिलिज भएको ११ दिन भइसक्दा भारतका साथै विश्वभरि फिल्मको व्यापार जारी छ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

११ दिनमा भारतीय बक्स अफिसमा मात्रै ‘सञ्जु’ले दुई सय ७१ करोड भारु कमाइसकेको छ। दर्शकका साथै समीक्षकबाट राम्रो प्रतिक्रिया पाएको ‘सञ्जु’ले रिलिजको दिन ३४ करोड ७५ लाख बटुल्दै २०१८ मा आएका बलिउड फिल्महरुमध्ये ओपनिङमा सबैभन्दा ठूलो कलेक्सन गर्ने कीर्तिमान बनाएको थियो।

फिल्मले भारतमा मात्रै पहिलो सातामै दुई सय करोड रुपैयाँ व्यापार गर्‍यो, जबकि दोस्रो सप्ताहन्तमा ६१ करोड ७५ लाख बटुल्यो। अहिलेको व्यापार हेर्दा ‘सञ्जु’ले दोस्रो साता ९३/९४ करोडको व्यापार गर्ने अनुमान गरिएको छ।

बलिउडका व्यापार विश्लेषकका अनुसार, बक्स अफिसमा अहिलेकै रफ्तार कायम रहे फिल्मले ३ सय करोड सजिलै कमाउनेछ।

राजकुमार हिरानीको निर्देशनमा बनेको ‘सञ्जु’ को बजेट करिब एक सय करोड रहेको बताइन्छ। भारतीय बक्स अफिसका साथै विश्वभरको कमाइ जोड्दा १० दिनमा फिल्मले ४ सय ४५ करोड भारु कमाएको छ।

तपाईको प्रतिक्रिया